कतारबाट २४०० नेपाली स्वदेश फर्किए, अर्को उडान जुलाई १७ मा हुने

दोहा : कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये कतारस्थित नेपाली दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि ३६ जनाको शव स्वदेश पठाएको दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट गत जुन २१ तारीख देखि चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई १० मा नेपाल एयरलाइन्सले दोहाबाट अन्तिम उडान गरेको थियो । दूतावासका अनुसार अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार बढीले अनलाइन तथा टेलिफोन सम्पर्क गरी नेपाल फर्किन फारम भरेका छन् ।

सचीव भट्टराईले दिएको जानकारी अनुसार दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने उनले बताए ।

कतारमा हालसम्म कोरोनाबाट १ लाख ४ हजार १६ जना संक्रमित भएका छन् । हालसम्म १ लाख ६ सय २७ जना निको भएर घर फर्किएका छन् भने हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।

बिगत लामाे समयदेखी समसामयिक बिषयमा कलम चलाउनुहुने योगेन्द्र योगी पूर्वेली न्युजका मध्यपूर्व प्रतिनिधी हुनुहुन्छ ।

योगेन्द्र योगीबाट थप

कुवेतमा साढे ३ लाख कामदार कटौती गर्ने, नेपालीको रोजरोटी गुम्ने

दूतावासले पठायो साउदीमा ज्यान गुमाएका नेपालीले पाउने साढे ४ करोड ब्लडमनी मनी, क्षतिपूर्ति पाउने ९५ नेपाली (सूची सहित)

कतारबाट दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किए

कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ

कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए, अझै थप ४ उडान हुने

साउदीमा २३ नेपाली कामदार अलपत्र, ४ महिनादेखि न काम न दाम

कतारबाट दुई उडानमार्फत २९९ जना नेपाली स्वदेश फर्किए  

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले?

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

तपाईको प्रतिक्रिया

Loading…