धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

धरान / नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरान प्रहरीले प्रक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई गए रातिधरान १५ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । शंका लागी सोधपुछ गर्ने क्रममा मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

प्रक्राउ परेका राईको साथबाट मेडइन युएसए अटोमेटिक पेस्तोल लेखेको एक थान वरामद भएको छ भने एक थान म्याग्जीन र त्यसमा लोड भएको ३ राउण्ड गोलीका साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा कारबाहीका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया