पूर्वाञ्चलस्थित नेपाल टेलिकमको टेलिफोन र मोबाइल सेवा अवरुद्ध

विराटनगर, १३ पुस । पूर्वाञ्चलस्थित नेपाल टेलिकमको सतही (ल्याण्डलाइन) टेलिफोन र मोबाइल सेवा आइतबारदेखि अवरुद्ध छन् ।  स्थानीयस्तरमा सतही टेलिफोन सेवा सञ्चालनमा रहेको भए पनि काठमाडौँतर्फको सम्पर्क विच्छेद भएको छ ।

मोबाइल सेवामा पनि सोही समस्या रहेको भए पनि कुनै–कुनै बेला सम्पर्क हुने गरेका छन् । यस सम्बन्धमा विराटनगरस्थित नेपाल टेलिकम कार्यालयका सिनियर प्राविधिक पोषनारायण चौधरीले काठमाडौँ र विराटनगरको बीचमा अप्टिकल फाइबर काटिएको बताउनु भयो । यो फाइबर माटोमुनि विछ्याएको हुन्छ । काटिएका अप्टिकल फाइबरको मर्मतका लागि प्राविधिक खटाइसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…