यूवायूवतीलाई कम्प्यूटरमा साक्षर बनाउने उदेश्यले तिन महिने तालिम दिन थालियो

  • जितेन्द्र भण्डारी

पाँचथर, पौष १३/ कम्प्यूटरमा साक्षर बनाउने उदेश्यले यूवायूवतीलाई लक्षित गरी पाँचथरको दक्षिणी गाविस रवि ५ स्थित रवि वजारमा ३ महिने तालिम दिन थालिएको छ । यूवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको यूवा साझेदारी कार्यक्रमको १ लाख ३० हजार र संचार विकाश समूह संस्था पाँचथरको ८६ हजार ६ सय रुपैयाको सहयोगमा त्यहाँ रहेका ३० जना यूवायूवतीलाई तालिम प्रदान गरिएको संस्थाका सचिव खविन लुइटेलले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकाश समितीका सचिव मात्रिका दाहालका अनुसार यो कार्यक्रम अहिले जिल्लाको ५ वटा संस्थाले विभिन्न स्थानमा गर्दे आएको छ । यूवायूवतीलाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम संचालन भइरहेको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो,“ यो कार्यक्रम गर्ने संस्थाहरुले यूवायूवतीलाई कसरी तालिम पश्चात स्वरोजगारी बनाउन सकिन्छ भन्ने हेतुले कार्यक्रम संचालन गरिरहेका छन्,तालिम पश्चात उनीहरुले पनि केहि गरुन् भन्ने हाम्रो उदेश्य हो ।”

तपाईको प्रतिक्रिया

Loading…