बन्दाबन्दीका कारण बगानमै कुहिन थाले लिच्ची

बेलबारी । अढाई महिना अघिदेखि नेपालमा जारी बन्दाबन्दीका कारण सवारी साधन नचल्दा लिची बगानमै कुहिन थालेको छ । बैशाख महिनाको अन्तिम सातादेखि पाक्न थालेको लिची कृषकले बजारमा पुर्याउन नसक्दा बोटमै कुहिन थालेको कृषकहरु बताउँछन । मोरङको बेलबारी ११ जुराहाबाट हरेक बर्ष देशका प्रमुख शहर हरु काठमाण्डौ,बिराटनगर,पोखरा,बिरगंज लगायत प्रदेश १ का मुख्य शहरहरुमा पुग्ने लिची बन्दाबन्दीका कारण बोटमै कुहिन थालेको छ ।

जुराहबाट मात्र बार्षिक ५० औ लाख बढीको लिची अन्यत्र जाने गरेको थियो । प्रदेश १ का झापा,मोरङ।सुनसरी लगायत बिभिन्न जिल्लामा फल्ने लिची कृषकहरुले बजारमा पुर्याउन नपाउँदा बोटमै लिची कुहिन थालेको छ । लिची बोटमै कुहिँदा कृषकहरु मर्कामा परेका छन ।

तपाईको प्रतिक्रिया

Loading…