१२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ

उदयपुर / उदयपुरको कटारी नगरपालिकाका एक १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ रहेको डाक्टरले पुष्टी गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आईतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा ८ हप्ताको गर्व रहेको खुलेको हो । पिसाव र अल्ट्रासाउण्ड प्रविधीबाट तीन पटकसम्म परीक्षणगर्दा पेटमा वच्चा रहेको डाक्टरले पुष्टि गरेपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको पूर्वेली न्यूजलाइ विस्तृत जानकारी गराएकी हुन् ।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर मुकलेसकुमार माधवीले चार पटकसम्म पिसावबाट परीक्षण गरिने युरिन प्रिगनेन्सी टेष्ट (युपिटी) गर्दा पोजेटिभ देखिएको बताए । उनले भने, ‘पहिलो पटकगर्दा पोजेटिभ देखियो बालिका कलिलै देखिएकाले पुनः कन्र्फम गर्न एकछिन पछि युपिड नै गरेका हौ फेरी पोजेटिभ नै देखियो ।’

‘दोश्रो, तेस्रो, चौथो पटक परीक्षण गर्दासमेत पोजेटिभ देखियो,’ उनले भने, ‘विश्वस्त हुन् अल्ट्रासाउण्ड गरेर हेर्दा ८ हप्ताको गर्व रहेको देखियो ।’ इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीका अनुसार गत चैत्र महिनामा बालिका बलात्कृत भएको प्रारम्भिक वयानबाट खुलेको छ ।

बालिकाले ठ्याक्कै मितिको एकिन गर्न नसकेपनि गत आईतबार दिएको जाहेरीमा चैत्र ७ गते बलात्कार गरेको खुलाइएको छ । पीडित परिवारको जाहेरीका आधारमा कटारी नगरपालिका एक १७ वर्षिय बालकलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ गरि घटनाको थप अनुसन्धान सुरु गरिएको डिएसपी केसीले पूर्वेली न्यूजलाइ बताए ।

तपाईको प्रतिक्रिया

Loading…