आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान / सुुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालले प्रदेश नम्बर १का ६ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई १४ लाख ४५ हजार ३ सय ८५ बरावरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आइपासले प्रदेश १ का ६ जिल्लामा रहेका सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई पिपिइ ,के एन नाइट फाइभ माक्स लगाएतका सुरक्षा सामाग्री वितरण गरेको हो । संस्थाले तेह्रथुुम संखुुवासभा,सुनसरी,इलाम,मोरगं र पाँचथरका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका संस्थाका प्रदेश नम्बर १ संयोजक केदार भण्डारीले जानकारी दिए ।

सुरक्षित गर्भपतन , प्रजनन स्वास्थ्य सगै परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको संस्थाले कोशी अञ्चल अस्पताल , विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , धरान उपहानगर पालिका , पाँचथर जिल्ला अस्पताल लगातका स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका चिकित्सक तथा स्वास्थ्य कर्मी सगै महिला स्वास्थ्य कर्मीहरुलाई समेत स्वास्थ्य सुुरक्षा सामाग्री हस्तान्तरण गरेको भण्डारीले वताए ।

पिपिइ सेट ९१ , एप्रोन ३सय२५,के एन नाइट पाइभ २सय ४०, सर्जरी माक्स १५ हजार ९ सय ५६, डिस्पोजेवल माक्स१५ हजार ७ सय ५६ , हेण्ड स्यानिटाइजर १४ सय ४१,रेक्जिन थ्री एम १सय ८८, लगाएतका स्वास्थ्य सामाग्री संस्थाले सहयोग गरेको संयोजक भण्डारीले वताए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

तपाईको प्रतिक्रिया

Loading…