कोरोनाबाट थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या आठ पुग्यो

काठमान्डाैं / आज नेपालमा थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लाे २४ घण्टायता थप २ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको थियो । यसैगरी आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्ना आमाबाबुका साथमा भारतबाट आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading…