नर्स तनुजा कार्कीको आत्महत्याको ‘कारण’ पनि दुई पत्नीका पति– प्रेमी !

काठमाडौं । मोरङको उर्लाबारी घर भएकी तेह्रथुममा आत्महत्या गरेकी नर्स तनुजा कार्कीको आत्महत्याको कारण उनका प्रेमी नुवाकोटका खम्बासिंह तामाङ भएको आरोप लागेको छ । तामाङलाई प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनुपर्ने मृतक परिवारका सदस्यको माग रहेको छ ।

२४ बर्षीया तनुजाको शव १३ जेठमा होटलमा फेला परेको थियो । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रेमी भनिएका ३७ बर्षिय तामाङलाई अनुसन्धानको घेरामा राख्नुपर्ने कारणचाहिँ होटलमा सँगै रहनु रहेको प्रहरीको भनाई छ । ठेकेदार काम गर्ने तामाङ चार दिनदेखि सोही होटलमा बस्नु र तनुजाले पनि विदा लिएर दुई दिनदेखि होटलमा हुनुलाई अनुसन्धानको दायरामा राखेर विश्लेषण गरिएको छ ।

‘१३ जेठमा दुवै जनाले सँगै खाना खाएको देखिन्छ । तामाङ काममा गए पनि तनुजा होटलमा थिइन् । पछि ढोका फोडेर हेर्दा सलको पासो लगाएर आत्महत्या गरेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो ।

तामाङको नुवाकोटमा दुईवटी पत्नी रहेको पनि खुलेको छ । १४ दिन म्याद थपी उनीमाथि अनुसन्धान जारी राखिएको छ । ‘मोबाइल कल डिटेल्सलगायत घटनाक्रम र सम्बन्धका विषयमा बयानसहित प्रमाण संकलनका अन्य काम भएका छन् । दोषी हुन् या होइनन् भन्ने अनुसन्धान जारी छ’, स्रोतले भन्यो । तनुजाले केही महिनाबाट उक्त स्थानमा काम गर्न गाह्रो भएको र उक्त स्थानबाट सरुवा गर्न चाहेको परिवारलाई बताएकी थिईन् । साभार श्राेत : दैनिकनेपाल

प्रेमीसँग होटलमा बसेकी मोरङ उर्लाबारीकी तनुजाको शव फेला

तेह्रथुम / तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृत अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको शब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपरान्ह उनको शव भेटिएको थियो । उनी झुण्डिएको अवस्थामा भेटिएको र उनले आत्महत्या गरेको वा हत्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीनकिशोर प्रधानका अनुसार उनका कथित प्रेमी खम्बांिह तामाङलाई हिरासतमा लिइ अनुसन्धान अगाडि बढाइएको छ ।

तनुजाका प्रेमी भनिएका खम्बासिहं तामाङ नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका हुन् । उनी ठेकेदार हुन् र लामो समयदेखि उनी ठेक्कापट्टाको कामका लागि देशका विभिन्न ठाउँमा गइरहन्छन् । पछिल्लो पटक उनले तनुजा कार्यरत स्वासथ्य चौकी भवन बनाउने ठेक्का लिएका थिए र सोही भवन निर्माणको क्रममा उनी तेह्रथुममा थिए । सोही भवन निर्माणको काम लगाउने तामाङ र सोही स्वास्थ्यचोकीमा कार्यरत नर्स तनुजाबीच यही क्रममा सम्बन्ध बढेको स्थानीय बताउँछन् ।

तनुजाको शव १३ गते अपरान्ह ४ बजे होटलको एक कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको प्रहरीले फेला पारेको थियो । नर्स कार्कीले आत्महत्या नै गरेकी हुन् या अरु कसैले हत्या गरी झुण्डाएका हुन् भन्ने कुराको पुष्टि नभएको डिएसपी प्रधानले बताएका छन् । अहिले प्रारम्भिक अनुसन्धान भइरहेको बताउँदै पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुने डिएसपी प्रधानले बताए ।

तनुजाले करिब ३ वर्षअघि लोकसेवा पास गरी पहिलो पोष्टिङका रुपमा त्यस स्वास्थ्य चौकीमा खटिएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी त्यही स्वास्थ्य चौकीमै थिइन् । प्रहरीले हिरासतमा राखेका तामाङलाई अदालतबाट थप २५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । नर्सको शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप बिस्तृत अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने डिएसपी प्रधानले बताएका छन ।

तनुजाका प्रेमी भनिएका खम्बासिंह पहिल्यै विवाहित भएको र उनका २ श्रीमती तथा तीन सन्तान रहेको बताइएको छ । तनुजाले विदामा घर आएको बेलामा आफू त्यस स्वास्थ्य चौकीमा रहन नचाहेको र आफ्नो सरुवा मिलाइदिन परिवारसँग आग्रह गरेकी थिइन् । उनका भिनाजुका अनुसार तनुजाले यसो भन्दा उनलाई घरदेखि टाढा भएकोले न्यास्रो लागेको हुन सक्ने उनका परिवारले ठानेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…