बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान /  दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको बेला अस्तालहरुले यस्ता विरामीहरुलाई सहज रुपमा उपचार गर्न कठिन हुन थालेको छ । झापाको कचनकवज गाउपालिकाबाट शुक्रबार राति ल्याइएका २७ जना सक्रमणलाई कोभिड उपचार सेवा शुरु गरेको बीपी प्रतिष्ठानले बेड नभएको भन्दै रातभर बाहिर राखेसंगै नेपालको उपचार पद्धतिमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

दश बजे ल्याइएका उनीहरुलाई वेड अभाव देखाउदै र प्रतिष्ठानसंग समन्वय नगरेको भन्दै उनीहरु रातभर बाहिर बस्नुपर्ने बाध्यता भएको छ । यसले थप संक्रमणको जोखिम बढाएको छ । करिब साढे ९ बजे बीपी प्रतिष्ठान ल्याइएका उनीहरुले बेडकै अभावका कारण रातभर बाहिर बस्नुमात्र परेन राम्रोसंग खान समेत पाएका थिएनन् ।

प्रतिष्ठानमा अहिले पनि कोरोना संक्रमित विरामी ६७ जना रहेका छन् । ७० जनासम्म मात्र लिन सक्ने क्षमता भएकोले समन्वय नगरी यहा ल्याइएका कारण समस्या भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । यो घटना सार्वजनिक भएपछि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान अाएका थिए । उहाले यस अघि नै प्रदेश सरकारासंग छलफल भइसके पनि बीपीले लापारबाही गरेको बताए ।

उनले कोरोना संक्रमणलाई रातभर बाहिर राख्नु बीपीको लापारबाहीको पराकाष्ठा भएको बताए । उनले यस विषयमा प्रतिष्ठानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीसंग पनि छलफल भएको बताएका छन्। अबका दिनमा यस्ता गल्ति नदोहोरियोस् भन्ने छलफलबाट निष्कर्ष निकालिएको समेत उहाले जानकारी दिए । अहिले भने उनीहरुलाई प्रतिष्ठानले व्यवस्थित गरिसकेको छ ।


समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

तपाईको प्रतिक्रिया

Loading…