सलहको परिचय, प्रकोप, फैलावट र यसको रोकथाम

विश्व नै कोरोना भाईरसकाे प्रकोपले गर्दा तहसनहस भएको छ। विश्वको कृषि क्षेत्रको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने अमेरिकन फौजिकिराले कृषिलाई निकै प्रभाव पारेको देखिन्छ । फौजिकिराको नियन्त्रण गरिसक्दा नसक्दै सलह नामको किराले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको छ । सलह किरा फटयांग्रो जस्तै देखिने किरा हो तर यस किरामा पाईने विशिष्ट अवस्थाहरु, भ्रमणशिल प्रवृत्ति र शारीरिक बनावटको भिन्नताले यसलाई फट्यङ्ग्रा भन्न मिल्दैन । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति र्पुयाउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् ।

यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । जलवायु परिवर्तन जस्ता विभिन्न मानविय क्रियाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र यसको जैविक तवरबाट चाडै यस किराको ब्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता आएको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति पुर्याएको थियो । विश्व खाद्य संगठनले अफ्रिकामा सलहि किरा ब्यबस्थापनलाइ सुरु गरेको कार्यक्रममा अरबौको लगानि गर्दा पनि यो बर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्य सङ्कटमा पर्ने कुरा जनाएको छ।

सुरोज अधिकारी, प्रविण बुढाथोकी

सलह परिचय

सलह फटयांग्रा प्रजाति अन्तर्गत पर्ने एक प्रकारको साधारण किरा हो। यसको बैज्ञानिक नाम Schistocerca Gregaria हो । यो वयस्क अवस्थामा लामो दुरि उढ्न सक्ने र समुहमा बस्न रुचाउने किरा हो। यसको समुहले बसेको ठाउँमा भेटेजति हरिया बोटबिरुवालाई सखाप बनाउने गर्दछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले  यो किराको नाम सलह(लोकस्ट) प्लेग दिएको छ। सलह किरा धेरै प्रजातिका छन्। ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई australian plague locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American locust भनिन्छ । तर यो प्रकारको सलहले झुन्ड व्यबहार देखाउदैन। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह (Schistocerca Gregaria) लाई चिनिन्छ । जुन अहिले धेरै ठाउँमा फैलिएर विनाश फैलाएको छ।

सलहको उत्पत्ति र फैलावट

सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ति भएको मानिन्छ । २०१८ सालमा साउदि अरेबियन पेनिन्सुलामा साइक्लोनले भारि बर्षा गराएपछि सलहलाई उपयुक्त वातावरण निर्माण भएको र जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनिहरुले आफ्नो सङ्ख्या ८०० गुणाले बढाएको हो।

अहिले ईरान हुदै पाकिस्तान र भारतसम्म आईपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुन्ड भारतको उत्तरप्रदेश ,राजस्थान,मध्यप्रदेश,गुजरात र महाराष्ट्रमा प्रकोपको रुपमा देखा परेको हो। जुन महिनासम्म अफ्रिकाबाट अझ धेरै झुन्ड (४००गुणा) भारत आईपुग्ने बिज्ञहरुले अनुमान गरेका छन् भने यी सलहको झुन्ड नेपाल प्रवेश गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारण पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो। २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो।

नेपालमा सलह किराको प्रभाव

विगतका बर्षहरुमा भारतमा असारदेखि असोजसम्म देखिने गरेकोमा जलवायु परिवर्तनको कारण हाल बैशाख जेठबाट नै प्रकोपको रुपमा देखा परेको छ। मनसुन सुरुभएको दुई देखि तीन हप्तासम्म यसको प्रजनन क्षमता बढी हुने गर्दछ। नेपालको सिमानासँग जोडिएका भारतीय भुभाग जस्तै उत्तराखण्ड र उत्तरप्रदेशमा मनसुन सुरु भएको हुदा यसको प्रकोप बढ्न गई नेपालमा प्रवेश गर्ने सम्भावना बढेको हो ।

हाल फैलिएको सलहको एक झुन्डले करिब ६४८ वर्ग किमि क्षेत्र ढाक्न सक्छ एक वर्ग किमि मा फैलिएको सलहको सङ्ख्या ८० लाख सम्म हुनसक्ने समेत प्रमाण पुष्टि भएको छ । हरेक सलहले प्रतिदिन आफ्नो तौल बराबरको (२००ग्राम )खाना खान्छन् जुन करिब ३५००० जनालाई पुग्ने खाना हो। यो किरा अहिले इरान हुदै पाकिस्तान र भारतमा आइसकेको छ र नेपालमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल देखिन्छ । यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरि छ।

सलह किराको रोकथाम

२० र ४० दिन सम्मका किरालाई होपर भनिन्छ र यसका पखेटा पनि आईसकेका हुदैनन् यो किरालाई नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ । त्यसपछि हरियोदेखि खैरो गुलाबि हुँदै पहेँलो रङ्गको हुन्छन् जुन समयमा यसको नियन्त्रण लगभग असम्भव हुन्छ । सलह किराको नियन्त्रण गर्ने केही उपायहरु यसप्रकार छन :

१.हुललाई तितरबितर पार्ने (आगो बाल्ने, धुवा उडाउने आदि ।
२.प्राकृतिक सिकारिको प्रयोग (हाँस ,माकुरा, छेपारो आदि ( हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा किरा खान्छ) ।
३.ध्वनिको प्रयोग गर्ने ( थाल ठटाउने, स्पिकर बजाउने आदि ।

४.प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने ।
५.किटनाशकको प्रयोग( जैविक समेराटाईजियम रसायनिक मालाथिन, फेनिट्रोथिन, डाईजिनन र फिप्रोनिल, बोरिक एसिड आदि)
६. लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केहि मात्रमा नियन्त्रण गर्न सकिन्छ ।

सुरोज अधिकारी, प्रविण बुढाथोकी
लेखकहरु क्तमस केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार र कृषि र पशु विज्ञान संस्थान,पक्लिहवा क्यामपसमा अध्यानरत हुनुनुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…