छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

भारत / भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गरेका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो । उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनि ७४ बर्षका थिए ।

उनकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य रहेकी छिन् भने छोरा अमित जोगी प्रदेश सभाका पुर्व सदस्य रहेका छन् । उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल खेम्काले जानकारी दिएकाछन् । कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…