प्रदेश सरकारको बजेट पथरीमा मनोमानी

पथरी / प्रदेश सरकाले सामुदायीक भवन निमार्ण गर्न दिएको २० लाख रकम दुरुपयोग गरेको स्थानियको आरोप लगाएका छन । मोरङको क्षेत्र नम्वर ३ “क” पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा सामुदायीक भवनका लागि प्रदेश सरकाले छुट्याईएको योजना दुरुपयोग भएको देखिएको छ । मन्दिर समितिका अध्यक्ष पाथबाहादुर बुढाथोकी र वडाध्यक्ष याम प्रसाद गुरगाईको मिलेमहत्वमा सामुदायीब भवन मन्दिरको जग्गामा निमार्ण सुरु गरेका छन ।

प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷७६ मा सामुदायीक भवनका लागि बजेट विनियोजन गरेको भए पनि काम हुन सकेको थिएन । सोहि बजेट यस बर्ष पनि विनियोजन भएको थियो । अघिल्लो समितिले भवनका लागि निजी जग्गा चाहिने भए पछि २ कठ्ठा जग्गा पनि प्राप्त गरेको थियो । तर सामुदायीक भवनका लागि ३ कठ्ठा जग्गा चाहिने भएकाले अघिल्लो बर्ष भवन बन्न सकेन ।

आर्थिक बर्ष २०७६÷७७ मा सोहि बजेटको काम गर्न वडामा अर्कै समिति बन्यो । करिव ३ कठ्ठा १० धुर क्षेत्रफल भएको लक्ष्मि नारायण मन्दिरमा सामुदायीक भवन बनाउने योजना अनुसार जेष्ठ १५ गते प्रदेश सांसद कृष्ण कुमारी राईले सिलन्यास गरेकी थिइन् ।

सामुदायीक भवन मन्दिरमा हुदा सामाजिक सदभावमा असर पर्ने भन्दै अघिल्लो बर्ष तोकिएकै स्थानमा हुनु पर्ने स्थानियले माग गरेका छन । सामुदायीक भवन बनाउ आफ्नो निजी जग्गा चाहिने भए पछि आफुले जग्गा दिएको तर अहिले राजनिती करण गरि सामुदायीक भवन मन्दिरमा पुर्याएकोमा जग्गादाता प्रेम लिम्बुले दुखेसो गरेका छन । उनले भने समाजको विकास र समुदायको लागि जग्गा दिदा पनि राजनितीकरण गरी वडाध्यक्षले आफ्नो पाटिका मान्छे र आफ्नो पाएक योजना पुर्याएको बताए ।

यता सामुदायीक भवनमा समुदायका विभिन्न चार्ड पर्व र कार्यक्रम हुने हुनाले मन्दिरमा समस्या आउन सक्ने मन्दिरका पुजारीको भनाई छ । पुजारीका अनुसार परमपरा देखिनै लक्ष्मि नारायणको मन्दिरमा काटमार हुदैन ।

मापद्धण्ड विपरित सामुदायीक भवन मन्दिरमा बनाएको स्थानिय पर्शुराम गुरुङले बताए । अघिल्लै बर्ष समिति निमार्ण र जग्गा प्राप्त भएको कुरा वडाध्यक्षलाई थाहा थियो तर कुन नियतले अको समिति बनाएर र अकै स्थानमा भवन सिलन्यास गरियो गुरुङले प्रश्न गरे । समाजमा बिभिन्न जात जाती र धर्म समुदायका मानिस छन ।

आ आफ्नो परमपरा अनुसार कार्य गर्ने भएकाले काटमार हुन सक्छ त्यो बेला सामाजिक सद्धभावमा खलल पुग्न सक्ने पहिले बनेको समितिका अध्यक्ष मानबहादुर पाठकले बताउनु भयो । मन्दिरमा भएको जग्गा भन्दा बढि जग्गा प्रप्त भएको ठाउमा नबनाएर वडाध्यक्षले राजनितीकरण गरेर पाठककले बताए ।

सामुदायीक भवनका लागि कम्तीमा ३ कठ्ठा र छुटै सामुदायीक भवनको नाममा जग्गा चाहिने हुनछ । पहिले बनेको समितिले काम गर्न नसके पछि अको समिति प्रकृया पुराएर आएकाले आफुले सिफारीस गरिदिएको वडाध्यक्ष याम प्रसाद गुरगाईको भनाई छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

सामुदायीक विध्यालयका ६१ मुसर बालबालीकालाई नाल्वोको सहयोग

प्रदेश सरकारको बजेट पथरीमा मनोमानी

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…