प्रेस युनियन सुनसरीद्वारा २ सय ६० पत्रकारको कोरोना बीमा

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २ सय ६० सञ्चारकमीहरुको कोरोना बीमा गरेको हो ।

‘हामीले जिल्लामा सक्रिय रहेका २ सय ६० सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौ,’ अधिकारीले भने- ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौ ।’

फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याइएको उनले बताए । अधिकारीका अनुसार १ सय ५० सञ्चारकर्मीहरुको आईएमई जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी १ सय १० सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…