एक (नेपाली) गोर्खालीले ४० डाकासँग एक्लै लडेर जोगाएका थिए नारीको ईज्जत

काठमाडौ । गोर्खाली अर्थात नेपाली भन्ने वित्तिकै हिम्मत, साहसको कुरा पहिला आउँछ । एउटा घटनाले भारतका जनता नेपालीलाई बारम्बार सम्मानका शब्द पुकारिरहेका हुन्छन् । पर्बत जिल्लाको बाच्छा गाउमा जन्मी माथि गोर्ल्यांग गल्छिना र तल बाच्छाखोला हुँदै काली गङ्गा सम्मका पाखा पखेरा खोच खन्तेरा हरुसँग हाँस्दै खेल्दै पिरती गास्दै देउराली खोला हुदै कडेनी साँघु मुनि र भुतेको दहमा पौडी खेल्दै बाच्छा गाउको रमाइलो बाताबरण संगै हुर्किनु भएका युबा बिष्णु श्रेष्ठको नाम भारतियहरुले भुल्नै सक्दैनन् । जसको नामले सिंगो नेपालकोपनि शीर उचो भएको छ । नाम रोशन भएको छ । जो एक्लै मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र ४० डाकासँग एक्लै भिडेर कैयौंको जिउधन जोगाएर बहादुरी मात्र देखाएनन् । केही चेलीहरुको इज्जतपनि बचाए । उनी बहादुर बीर गोर्खाली सेना हुन् । बिष्णु श्रेष्ठ जो भारतीय सैनिकमा कार्यरत छन् ।

जन्मथलो बाच्छा हुँदै कर्मथलोको भारतीय सैनिक भर्ति हुन पुगेका बिष्णु हाल पोखराका स्थायी बासिन्दा हुन् । विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन् जो भदौ १७ गते मध्यरात राँची–गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मा’रिए, लु’टिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँ’का समूहबाट बला’त्कृ त हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।

भारत सरकारले विष्णु श्रेष्ठलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वोत्तम जीवनरक्षा मेडलबाट सम्मान गरेको छ ।’भारतमा यस्तो अवार्ड कमैले पाउँछन्।’ अवार्डसँगै उनले भारत सरकारका तर्फबाट ठूलो धनराशिको पुरस्कार र विभिन्न मुलुक जाँदा हवाई तथा रेलयात्रामा विशेष सुविधासमेत पाउँदै। गोर्खा रेजिमेन्ट ७–८ जिआर पल्टनमा नायक पदमा १७ वर्षदेखि सेवारत उनी स्वेच्छिक अवकास लिएर सेप्टेम्बर २ मा घर फर्कंदै थिए। उनी चढेको ‘मोहरिया एक्सप्रेस’ को रेलमा मध्यरात जंगलमा डाँका समूहले डकैती गर्‍यो।

राँची–गोरखपुर चल्ने उक्त रेल छुटेको चार घन्टापछि राति १२ बजे पश्चिम बंगालको चित्रगन जंगल आइपुग्दा करिब ४० जनाको डाँ’का समूहले रोकेर लु’टपाट मच्चायो। सबै यात्रुबाट एकेक गरी गहना, मोबाइल, नगद, ल्यापटपलगायत धनमाल लुटेको उनी टुलुटुलु हेरिरहे। तर, आफ्ना कुनै सामान दिएनन्।

जब डाँ’काहरूले ज’बर्ज स्ती कपडा उ तार्न थालेपछि बाबुआमासँगै रहेकी १८ वर्षीया युवतीले गुहार मागिन्, त्यसपछि उनले मन थाम्न सकेनन्। एक्लै खु’कुरीको स हाराले डाँ’कासँग भि’ड्न थाले। उनले सुरुमा एकजनालाई क’ब्जामा लिएर खु’कुरीको सहारामा अरूमाथि आ’क्र मण गरेका थिए। एक–एक गर्दै तीनजनालाई मा’रे र अन्य आठजनालाई घा’इ ते बनाएपछि अरू डाँ’का भागेको उनले सुनाए। त्यस क्रममा डाँ’काको खुँ’डा प्रहारबाट उनको बायाँहातमा गहिरो चो’ट लाग्यो भने युवतीको गर्धनमा समेत खुँ डाले सामान्य चो’ट पुर्‍यायो।

झारखण्ड राज्यको नक्सलवादी प्रभावित उक्त क्षेत्रमा रेल सेवामाथि पटकपटक यस्ता डकै’तीका घटना हुने गरेका छन्। ‘तिनैमध्येका पेशेवर डाँ’का समूहले दाप, खुँ डा र पे स्तो ल देखाएर उक्त रेलका यात्रुमाथि डकै’ती गर्‍यो,’ श्रेष्ठले भने, ‘उनीहरूतर्फ ज्यान जाँदा पनि गो’ली च लाएनन्, सायद पे’स्तो ल नक्कली हुन सक्छ।’

२० मिनेट रक्त’पात पूर्ण भि’डन्तपछि डाँ’का समूह तितिरबितर भएको थियो। रेल चित्ररन्जन स्टेसन पुग्दा श्रेष्ठलाई लिन प्रहरी र सञ्चारकर्मी पुगे। रेल यात्रुका ४ लाख रुपैयाँ नगद, ४० थान सुनका सिक्री र औंठी, २ सय थान मोबाइल सेट, ४० थान ल्यापटपलगायत धनमाल प्रहरीले फेला पारेको थियो।त्यसमध्ये घाइ’ते अवस्थाका आठ डाँ’कालाई प्रहरीले समात्यो।

प्रहरीले हातमा चो’ट लागेका श्रेष्ठलाई उपचारका लागि सुरक्षासहित तत्काल रेलवे अस्पताल पुर्‍यायो। भारतका प्राय सञ्चारमाध्यमले पनि उनलाई पछ्याए। श्रेष्ठका घा’इते अवस्थाको फोटो र बहादुरीको वर्णनसहितका समाचार टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, दैनिक भाष्कर, स्टार न्युजलगायत सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशन–प्रसारण भयो। एमबिबिएस अध्ययन गर्न हिँडेकी छोरीलाई आफ्नै आँखाअगाडि ब’ला त्कार हुनबाट जोगाएबापत युवतीका बाबुआमाले श्रेष्ठलाई ३ लाख रुपैयाँ इमान दिने तत्कालै घोषणा गरेका थिए।

‘हातको गहिरो चो’टले नशामा समेत असर गरेपछि तेस्रोपटक कमान्ड अस्पताल कोलकातामा दुई महिना न’सासम्बन्धी उपचार गराएपछि निको भयो,’ श्रेष्ठले भने। गोर्खाली सिपाहीको बहादुरीलाई उच्च मूल्यांकन गर्दै भारत सरकारले उनको अवकास रद्द गरी पुनर्बहाली गरेको छ। एकमहिने घरबिदामा पोखरा रहेका उनलाई नेपाल आउँदा र फर्कँदा भारत सरकारका तर्फबाट दुई सुरक्षागार्ड उपलब्ध गराइएको थियो । श्रेष्ठलाई पल्टनले तत्कालै ५० हजार नगद पुरस्कारले सम्मान गरिसकेको छ। भारत सरकारको औपचारिक सम्मानपछि उनले बढुवासमेत पाएछन्।

‘१७ वर्षे सेवाअवधिमा कैयन् ल’डाइँ ल’डे पनि यस्तो भि डन्त झेलेको थिइनँ,’ उनले भने, ‘अहिले पनि उक्त घटना सपनाजस्तै लागिरहेछ।’ डाँ’का समूहसँगको साहसिक भि’डन्तलाई उनी मानवीय कर्तव्य भन्न रुचाउँछन्। ‘त्यो अवस्था सहन सक्ने खालको थिएन, ती डाँ’कालाई मुला का’टेजस्तो कसैको ढाड, छाती, घाँटीमा खुकुरीले छ प्काएँ,’ उनले भने, ‘गोर्खालीको चिनो खु’कुरी भएपछि साँच्चै बहादुर हुन सकिने रहेछ। त्यो नहुँदो हो त केही उपाय थिएन।’ विष्णुका बाबु गोपाल पनि भारतीय सोही पल्टनबाट २०२८ सालमा अवकासप्राप्त सिपाही हुन्। विष्णु बाबुकै प्रेरणाले सिलोङ पुगेर सिपाहीमा भर्ना भएका थिए। उनका एकमात्र भाइ रमेश पनि १३ वर्षदेखि सोही पल्टनमा छन् । हिन्दीबाट साभार, जनबाेली

तपाईको प्रतिक्रिया

Loading…