धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरान / चौकको नामाकरणलाई लिएर झडप हुुदा सुनसरीको धरान वडा नं १४ विजयपुरमा झडप हुदा तीन जना घाइते भएका छन् भने आक्रमण गर्ने चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

धरान १४ विजयपुुरमा रहेको वमधारा छेउमा रहेको चौकको नाम शिवरात्रीको बेलामा शिवजी चौक राखी धरान १४ वडा समितिले बोर्ड समेत राखेपछि विवाद हुुदै आएको थियो । सोही विवादका कारण आज विहान बने दुई समुहबीच कुटाकुट भएको हो ।

कुटपिटबाट महिला वडा सदस्य मनिषा बिक सहित ३ जना घाइते भएका छन् । घाइते हुुनेहरुमा धरान १४ का महिला सदस्य मनीषा विक, पूर्व प्रहरी हवलदार झलक तामाङ, सुरज विक रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको वीपी प्रतिष्ठानले जनाएको छ ।

शिवजी चौक नामाकरण भइसकेको अवस्थामा अनेकै बखडा देखाएर त्यहाका स्थानीय युुवाहरुले आक्रमण गरेको धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भटराईले जानकारी दिनुुभयो ।
शनिबार (हिजो ) मात्रै स्थानीय केही युवाहरूले शिवजी चौक लेखिएको बोर्ड भत्काइदिएपछि विवाद चर्किएको थियो । उनीहरूलाई चिर्पट तथा बियरको बोतलले प्रहार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुुण्डीराज न्यौपानले बताउनुुभयो ।

उहाले आक्रमण गर्ने सोही स्थानका बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताउनुुभयो । घाइतेको अवस्था बुुझ्न धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई वीपी प्रतिष्ठानको आकष्मिक कक्षमा पुुग्नुुभएको छ । घट्नाबारे सत्यतथ्य पत्ता लगाई अगाडि बढ्ने उहाले बताउनुुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

तपाईको प्रतिक्रिया

Loading…