लालभित्तिमा स्थानीयले गरे आफनो टोल शिल

बेलबारी । मोरङको बेलबारी २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । जेठ ९ गते बसेको संस्थाको बैठकले सो निर्णय गरेको हो । बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि प्रवेश निषेध गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको बैठकले ३१ सदस्यीय महिला निगरानी समूह र ३१ सदस्यीय युवा निगरानी समूह निर्माण गर्ने निर्णय गरेको छ ।

आफु र आफ्ना नानीहरूलाई हरेक घण्टामा हात धुने र धुवाउने, अनावश्यक भीडभाड र खेलकुदलाई रोक्ने, व्यवसाय तथा रोजगारी गर्ने स्थानीयलाई मास्क, पञ्जा र स्यानिटाइजरको अनिवार्य प्रयोग गराउने निर्णय समेत गरिएको छ ।राजमार्ग किनारमै रहेको यो टोलमा बाहिरका मानिसहरुलाई प्रवेश गर्न नदिन प्रवेश गर्ने स्थानहरुमा ढाट लगाइएको छ भने ठाउँ ठाउँमा हात धुने स्टेसन समेत बनाइएको छ । कोरोना भाईरसबाट बच्न स्थानीयले यस्तो पहल गरेको संस्थाका अध्यक्ष पुर्ण माझीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…