थप ३६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५८४ पुग्याे

इटहरी / थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, बैतडीको शिवनाथ गाउँपालिकामा तथा झापाका १/१ जना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…