थप ३२ जनामा देखियाे कोरोना संक्रमण, नेपालमा संक्रमितकाे संख्या ५४८ पुग्यो

काठमाडौं / नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८/८ जना, बारा, काठमाडौं र चितवनमा एक/एक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…