तीन दिनका लागि लेटाङ नगरपालिका सिल

लेटाङ । पछिल्लाे समय काेराेना संक्रमित हुनेकाे संख्या बढ्न थालेपछि माेरङकाे लेटाङ नगरपालिका तीन दिन सिल गरिने भएकाे छ । झापा, मोरङ, सुनसरी र धनकुटामा कोरोना संक्रमित भेटिन थालेपछि लेटाङ नगरपालिकालाई तीन दिन सिल गरिने भएको हो ।

बिहीबार बसेको बैठकले शुक्रबार देखि सोमबारसम्म नगरपालिका सिल गर्ने निर्णय भएकाे नगरपालिका प्रमुख शंकर राईले जानकारी दिए । सिल गरिएको अवधीमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने छन् ।

तपाईको प्रतिक्रिया