कोरोना भाइरस र युवा स्वास्थ्य

उत्तरी छिमेकी राष्ट्र चीनको वुहान सहर बाट फैलिएको नोबल कोरोना (COVID-19) भाइरसको संक्रमणले अहिले विश्व भरिनै माहामारीको रुप लिइरहेको छ। यो संक्रमणबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। मुलुकमा हाल सम्म यो संक्रमणले भयावह अबस्था सृजना गरेको त छैन तर जुनसुकै बेला यो प्रकोपले भयावह अबस्था सृजना गर्न सक्छ। यो भाइरसको संक्रमण यतिखेर विश्वका करिब १९३ देशमा फैलिसकेको छ भने यो लेख तयार पार्दा सम्म यसका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या तिन लाख बिस हजार नाघी सकेको छ साथै यो भाइरसबाट करिब अट्चालिस लाख भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन्।

नोवेल कोरोना भाइरस (COViD-19) जनवारबाट सर्ने एक सरुवा प्रकृतिको खतरानक रहस्यमयी भाइरस हो। यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो। कोरोनाभाइरस विभिन्न प्रकारका छन्। यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो। अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको भाइरस फैलिएको हो। यो भाइरसको मान्छेमा संक्रमण गर्ने क्षमता अरु भाइरस भन्दा तीव्र एवं धेरै छ।

हाल सम्म यो भाइरसको औषधी बन्न सकेको छैन। यो भाइरसलाई रोक्ने भनेको हाम्रो इम्युनिटी पावर अर्थात प्रतिरक्षा शक्ति बृदि गर्ने हो भने अर्को भाइरसको विरूद्धको खोप मात्र हो। तर हाल सम्म कोरोना भाइरसको खोप बनिसकेको छैन। खोप बनाउन अझै समय लाग्ने देखिन्छ। चिकित्सा विज्ञानमा ख्याती कमाएका विश्वका शक्तिशाली देशहरु यो भाइरसको नियन्त्रणको प्रयासमा निरन्तर जुटे पनि हाल सम्म सफलता हासिल गर्न सकिरहेका छैनन। अत: अहिलेको अवस्थामा यसबाट सुरक्षित रहने भनेको विश्व स्वास्थ्य संगठनले सुझाएको बिधि र प्रक्रियालाई अनुशासित ढंगले अबलम्बन गरि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दि अर्थात लकडाउनको पूर्ण पालना गरि सजग र सतर्क रहनु नै हो। साथै रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाइमा विशेष ध्यान दिने नै हो र भाइरसलाई हाम्रो मुखसम्म पुग्न नदिने तरिका अवलम्बन गर्ने हो।

बन्दाबंदी अर्थात लकडाउनको समय सिमा थपिए संगै बिधार्थी, दैनिक ज्यालादारी मजदुर, फुटपाथ ब्यापारी लगायत अत्ति बिपन्न बर्गका नागरिकहरुको दैनिक जनजीविका बिकाराल बन्दै गईरहेको छ। यसका अलावा विस्तारै बिस्तारै समाजमा विभिन्न खाले असरहरु देखिन थालेका छन्। जस्तो अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधी लगायत दैनिक प्रयोग हुने उपभोगीय वस्तु र पैसाको अभाव हुदै गईरहेको छ।

समाजमा रोगले भन्दा पनि भोक र अन्य समस्याहरुले मानिसहरु थल्लिन थालेका छन्। कोरोना भाइरस संक्रमणको बृदि र लकडाउनको समय सिमा थपे संगै खास गरेर युवा बर्गहरुमा शारीरिक, मानशिक,सम्बेगात्मक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्य समस्याहरु देखिन थालेका छन। आम युवाहरु देश बिकास र परिबर्तनका सम्बाहकहरु हुन्। केहि युवाहरु आफु समाहलिन र आफ्नो खुट्टामा आफै उभिनका लागि बिभिन्न पेसा ब्याबसायहरु अंगालीरहेका छन् भने धेरै युवाहरु आफ्नो रोजी रोटिको खातिर परिवार र आफ्नो सुन्दर भविष्यको परिकल्पना गर्दै बिदेसिएका छन्।

लकडाउनको समय सिमा लम्बिदै जादा रोजगारीका विभिन्न क्षेत्रहरु जस्तो पर्यटन, होटल ब्यावसाय, यातायात, औधोगिक क्षेत्र, साना तथा घरेलु उद्योग, बिभिन्न पेसा, व्यवसाय, निर्माणका कामहरु, विद्यालय र वित्तीय क्षेत्रहरु प्रभावित भएका छन्। यस क्षेत्रमा संलग्न युवाहरु पछिल्लो समय कोरोनाका कारण घरमा बस्न बाध्य छन्। त्यस्तै गरि वैदेशिक रेमिट्यान्स पनि रोकिएको अवस्था छ। आज हजारौ युवाहरु सिमा क्षेत्रमा थुनिन बाध्य छन्। त्यस्तै वैदेशिक भुमिमा हजारौ युवाहरु अलपत्र परेका खबरहरु आएका छन्। देश भित्रका हजारौ युवाहरु लकडाउनको कारण पैदल यात्रा गरि घर जान बाध्य छन्। उनीहरु संग न त बस्ने बास छ न त खाने खाद्यान्न, पिउने शुद्ध पानी, न त हात धुने साबुन, लगाउने सेनिटाइजर, न त माक्स नै छ। त्यस्तै गरेर आफुलाई संगरोध/ एकान्तबास गरेर घरमै बसिरहेकाहरुलाई पनि आफ्नै खाले बिभिन्न अभाभहरुसहितको अन्य समस्याहरु छन्। जसले गर्दा उनीहरुलाई रोग संग भन्दा पनि कसरी गुजरा चलाउने भन्ने विषयमा पिरोलो थपिदै गइरहेको छ।

भविष्यका कर्णधार युवाहरु दिनभर मोबाइलमा पब्जी र फ्रि फायर खेलेर आफ्नो महत्वपुर्ण र शृजनशिल समय त्यसै खेर फालिरहेका छन्। साथै खानपान र शारीरिक व्यायममा आवाश्यक ध्यान दिन नसक्दा मोटोपन,सुगर, प्रेसर र अल्छिपन जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ। खालि दिमाग सैतानको घर भने झैँ खालि समय व्यथित गर्ने कुनै उपयुक्त र सृजनशील ठाउ र कामको अभाबमा धेरै युवाहरु मानशिक स्वास्थ्य समस्याका शिकार बनेको देखिन्छ। जसको परिमाण स्वरूप चाडै रिसाउने, झैँ झगडा गर्न तल्लिन हुने, धुम्रपान र मध्यपान जस्तो अम्मलीमा फस्ने,जुवा तासको लतमा फस्ने प्रबल सम्भावाना देखिएको छ।

खास गरेर कोरोनाको संक्रमणको कारण युवाहरुमा मानशिक स्वास्थ्यमा गम्भीर समस्याहरु उत्पन्न भईरहेको देखिन्छ। कोरोनाको प्रभाब अझै बढ्ने हो भने यस्तो खाले स्वास्थ्य समस्याहरु झन् बिकाराल बन्ने निश्चित छ। खास गरि कोरोना सम्बन्धी समाचार र बिभिन्न घटना र परिघटनाले युवाहरुलाई थप चिन्तित बनाएको छ। यसले युवाहरुको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्याहरु युवाहरुमा देखिन थालेको छ। बिस्व स्वास्थ्य संगठनले यो प्रकोपको न्यूनीकरण हुन् अझै २ वर्ष लाग्ने बताई सकेको छ। तसर्थ युवाहरुलाई स्वास्थ्य,उर्जाशील, सृजनशील तथा रचनात्मक बनाई समाज,देश र विश्वलाई नै सम्रिद बनाई राख्न युवाहरुको स्वास्थ्यको कसरि ख्याल गर्ने भन्ने सन्दर्भमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएको छ। यो कदमलाई धेरैले स्वागत गरेका छन्। हामीले पनि सोहि बिधि अवलम्बन गर्नुको विकल्प छैन।

चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरै युवाहरु अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्। चिन्ताग्रस्त र समस्याग्रस्त युवाहरु देशका लागि कर्णधार हुन सकदैन तसर्थ यस्तो बेला युवाहरुको मानसिक स्वास्थ्यको रक्षा गर्न नितान्त आवश्यक छ।

युवाहरुलाई स्वास्थ्य,उर्जाशील,सृजनशील तथा रचनात्मक बनाई समाज,देश र विश्वलाई नै सम्रिद बनाई राख्न युवाहरुको स्वास्थ्यको रक्षा गर्नका लागि निम्नकुराहरुमा ख्याल राख्न सकिन्छ।

१.समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउनुहोस्।
आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस्।
विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्।

२.सके सम्म समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस् ।
ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्।
भाइबर र ह्वाट्स्यापमा पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्। सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन्। यो बेला तिनको अनुसरण गर्नुहोस्।

३.शारीरिक ब्यायाम,योग तथा ध्यान गर्नुहोस।
दिनहु १ देखि २ घण्टा सम्म शारीरिक ब्यायम,योग तथा ध्यान गर्नाले शारिरमा स्फुर्तिपन आउनका साथै रोग प्रतिरोधात्मक क्षमताको बिकास पनि हुन्छ। साथै मनमा सृजनशील र आसाबादी हुने कुराहरु आउने हुन्छ। जसले मानिसलाई बास्तबिक जीवनको अनुभूति हुनका साथै आफुलाई आत्मा बिस्वासी बनाई सफल जीवनयापन गर्न मदत मिल्दछ।

४. जिबन उपयोगी तथा प्रेरणादायी पुस्तकहरुको अध्यन गर्नुहोस।
एकान्तबास बसीरहेकाहरुले जीवन उपयोगी तथा प्रेरणादायी पुस्तकहरु पढ़नाले आफ्नो जीवन र समाज प्रति सकारात्मक भाव सृजना हुने साथै आफु सृजनशील, रचनात्मक तथा थप शक्तिशाली र विद्वता हासिल गरि सफल जीवनयापन गर्न मदत गर्दछ।

५. वेबसाईट तथा युट्युबहरुमा जीवनउपयोगी तथा प्रेरणादायी खुराकहरु खोजि खोजि अध्यन र हेर्ने गर्नुहोस।
वेबसाइट तथा युट्युबहरुमा भाईराल हुनका लागि हालिएका अनावश्यक अनर्गल र जथाभाबि कुराहरुलाई नहेर्नुहोस। यसको सट्टामा जिवानउपयोगी र प्रेरणादायी खुराकहरु अध्ययन र हेर्ने गर्नुहोस। जसले बास्तबिक जीवनको अनुभूति गर्न मदत पुर्याउनका साथै आफुलाई सृजनशील,सफल र रचनात्मक र आसाबादी भई सफल जीवन जिउन मदत गर्दछ।

६. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्।
ओसीडी जस्ता मानसिक समस्या भएका मानिस अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको पाइएको छ। बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ। उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन। त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस्।

७. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्।
आउने दिनमा धेरै मानिस एक्लै बस्ने अवस्थामा पुग्न सक्छन्। त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस्।
एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस्।

८.आफूलाई धपेडी हुने काम नगर्नुहोस्।
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्। माइन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।
ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेले चिन्ता हटाउन यस्ता सुझाव दिएको छ:

उक्त सुझाबलाई अवलंबन गरेर समेत मानशिक रुपमा युवाहरुलाई स्वास्थ्य र तन्दुरुस्त बनाइ राख्न मदत गर्दछ।
• स्वीकार : मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस् ।
• विश्राम: तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस् ।
• नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस् ।
• परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्।
• वर्तमान: अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रै भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर ध्यान दिनुहोस्। वरिपरिको वास्तविकता

हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्। यो क्षणमा त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस्। वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्।

अन्त्यमा कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पारिरहेको छ। कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ। यसका अलवा कोरोना भाइरसको संक्रमण र युवाहरुमा देखिएको संत्रासलाई न्युनिकरण गर्न स्थानीय सरकारको महत्वपुर्ण भूमिका रहने गर्दछ. तसर्थ उक्त संक्रमण र सन्त्रासको न्युनिकरण गर्न स्थानीय सरकारको प्राभाबकारी भूमिका आवश्यक छ. अहिले स्थानीय तहहरु अझै सक्रिय हुनुपर्ने बेला हो। पछिल्लो समय विदेशबाट स्वदेश आएकाहरुको पहिचान गर्ने, सम्भावित संक्रमण रोक्न क्वारेन्टाइन र आइसोलेसनमा राख्ने तथा संक्रमित भेटेमा तिनको उपचारमा भूमिका खेल्न स्थानीय तहले कुनै कसर बाँकी राख्नु हुदैन । यस्तै लकडाउनले जीविकोपार्जनका माध्यम प्रभावित बनेकाले भोकमरी हुन नदिन राहत बितरणमा पनि स्थानीय तहले उत्तिकै जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ। यसैले स्थानीय तह स्व:स्फूर्त सक्रिय बनेर कोराना भाइरस बिरुद्ध उर्जाका साथ लड्नुपर्ने छ।

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि बनाइने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि न्यूनतम मापदण्ड, २०७६ र कोभिड–१९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ निर्माण गरी स्थानीय तहलाई कार्यसम्पादन गर्न सहजीकरण गरिरहेको छ। स्थानीय तहले नेपाल सरकारका मापदण्ड र कार्ययोजना अनुसार कार्य गर्दै स्थानीय तहले आफूलाई सक्रिय राख्दै प्रभावकारी कार्य गर्न आवश्यक छ. यसका साथै स्थानीय सरकारले युवाहरु देशका कर्णधार हुन् भन्ने कुरालाई हृदयंगम गरि उनीहरुलाई शारीरिक, मानशिक,सम्बेगात्मक,मनोवैज्ञानिक तथा सामाजिक तन्दुरुस्ती र स्वास्थ्यको लागि छुट्टै मापदण्ड र निर्देशिका तयार गरि युवाहरुलाई जागरूप र ससक्त पार्न सक्दछ.प्रभाबकारी तबरले संचारका सबै साधनहरु जस्तै सामाजिक संजाल, फेसबुक,युट्युब, टुइटर तथा रेडियो, टेलिभिजन, वेबसाइट,अनलाईन र पत्रपत्रिकाहरुको प्रयोग गरि जनचेतना मुलक सन्देश र प्रेरणादायी सुचना र सन्देश प्रबाह गरि युवा जनशाक्तिहरुलाई सन्त्रासमुक्त र सबल ढंगले जीवन यापन गरि समाज र देश प्रति गहन उतरदायित्व बहन गर्न सक्ने सक्षम नागरिक बनाई राख्न सक्दछ ।
(लेखक राई बिज्ञान तथा स्वास्थ्य विषयका बिधार्थी हुन। )

तपाईको प्रतिक्रिया