कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरान / धनकुटाको भेडेटारमा कडाइ गरिएको छ । विश्वभरि फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई ध्यान दिएर त्यहा चेकजाच कडाई गरिएको हो ।

पूर्वी पहाडी जिल्ला भित्रिने तथा धरान लगायत तराईका जिल्लामा भित्रिने सवारी साधनलाई त्यहा रोकेर सवारी साधनकै सेनेटाइइज गर्ने गरिएको छ भने सवारी चालक तथा त्यसमा आएका व्यक्तिको ज्वरो नापेर मात्र निस्किन दिने गरिएको छ । सागुरीगढी गाउपालिकाको स्वास्थ्य स्वयम्सेबक मार्फत ज्वरो नाप्ने गरिएको छ भने सवारी साधनमा सवारी धनीले नै सेनेटाइजर गरेर आउजाउ गर्न दिएको छ ।

गाउपालिकाबाट खटिएकी स्वास्थ्य स्वयम्सेविका सविता रम्जेलले यस नाकाबाट भित्रिने तथा बाहिरिने सबैलाई ज्वरो नाप्ने, ज्वरो नर्मल भएमा जाने अनुमति दिने र बढी भएको भए एकछिन बस्न लगाएर पुन ज्वरो नाप गर्ने गरिएको बताए । उहाले पुन नाप्दा पनि ज्वरो बढी भएको पाइएमा उसलाई सम्बन्धित क्वारेन्टाइमा पठाइने बताए ।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायव उपरीक्षक यदुकुमार खड्काले कोरोनाको जोखिमलाई मध्यनजर गरी सवारी साधन भित्रिने र बाहिरिने नाका भेडेटार भएकोले कडा गरिएको बताए । उनले पास लिएर आएका सवारी साधनको सेनेटाइजर गरेर र सवारीमा आएका व्यक्तिहरुको ज्वरो नापेर मात्र आउतजावत गर्न दिएको बताए ।

त्यहाबाट भित्रिने तथा बाहिरिने सवारी साधन तथा व्यक्तिको समेत लगत रखिने गरिएको छ । यसले गर्दा यहाबाट कति सवारी साधन भित्रिए, को को व्यक्तिहरु भित्रिए भन्ने रेकर्ड समेत हुने गरेको छ ।

यो स्थान हुदै भारत लगायत तराईका जिल्लाबाट पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, ताप्लेजुङ,संखुवासभा जाने मुख्य नाका नै भेडेटारले कडाई गरिएको प्रशासनले जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

तपाईको प्रतिक्रिया

Loading…