धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

धरान / आज विश्व शान्तिका दूत गौतम बुद्धको २५६४ औ दिवस । यो दिवसलाई बुद्ध धर्मालम्बीमात्र हैन सबै धर्म, संस्कृति र समुदायले नेपालमा समेत धुमधाम मनाउने गरेका छन् ।

विगतका बर्षहरुमा धरानको भानुचौकमा विभिन्न धार्मिक संघ संस्थाहरुले धुमधामका साथ मनाउने यो दिवस कोरोना भाइरसको जोखिमलाई मध्यनजर ग्री सरकारले लगाएको लकडाउनका कारण कसैले धुमधामसंग मनाउन पाएनन् ।

यस बर्षको बुद्ध जयन्ति आ आफ्नो समुदायले सीमित व्यक्ति भेला भएर भीडभाड नगरी आ आफ्नो तरिकाले बुद्ध जयन्ति मनाएका छन् । विगतमा धरानमा शाक्यमुनि युवा समूहले विभिन्न समुदायसंग मिलेर धरानको भानुचौकमा धुमधामका साथ बुद्ध जयन्ति मनाउने गर्दथ्यो । तर यस बर्ष कोरोना संक्रमणलाई ध्याानमा राखेर धरानका ४ जना बृद्धबृद्धालाई घरमै गएर सम्मान गरेको छ ।

विश्व शान्तिको कामना गर्दै कोरोनाको संक्रमणलाई मध्यनजर गरी भानुचौकमा धुमधामका साथ मनाउने गरिएको यो जयन्ति यस बर्ष धरानका ४ बृद्धाबृद्धालाई घर घरमै पुगेर सम्मान गरिएको संस्थाकी सचिव सुस्मा शाक्यले बताउनुभयो ।

विगतमा दिवसका अवसरमा धुमधामका साथ कार्यक्रमकै आयोजना गरेर बृद्धाबृद्धालाई सम्मान गरिएकोमा यष बर्ष संस्थाले पुर्खौली घर भोजपुर भई हाल धरान १५ मा बस्दै आउनु भएकी ९३ बर्षीया धनमाया शाक्य, काठमाण्डौ धुलिखेलमा जन्मनुभएकी र हाल धरान ३ मा बस्दै आउनु भएकी ७८ बर्षीया विमलादेबी श्रेष्ठ, जन्मस्थल भोजपुर भई हाल धरान ३ मै बस्दै आउनु भएकी ७८ बर्षीया फुदकुमार गुरुङ (तामाङ) र धरान ८ की ८१ बर्षीया भद्रमाया आचार्यलाईलाई घर घरमा गएर सम्मानपत्रसहित दोसल्ला आढाइएर सम्मान गरिएको हो ।

चारबर्ष अगाडिदेखि धरानका बृद्धबृद्धालाई सार्वजनिक स्थलमै बोलाएर सम्मान गर्ने गरिएको भएपनि विश्वमै आतंकित बनाएको कोराना भाइरसको जोखिमलाई मध्यनजर गरेर यस बर्ष ४ बृद्धालाई घर घरमै गएर सममान गरिएका संस्थाका अध्यक्ष विकास गुवाजुले बताउनुभयो ।

विश्वशान्तिका प्रतीक गौतमबुद्धको स्मृतिमा अन्य समुदायले पनि धरानमा यसरी नै बुद्ध जयन्ति मनाइरहेका छन् । सबैले कोरोना भाइरसलाई सबैले पराजय गर्न सकु भन्ने कामना समेत गरेका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया