बेलबारी जेसीजद्धारा आयोजित अनलाइन वक्तृत्वकलामा पथरी जेसिजकी एलिना उत्कृष्ट

बेलबारी । मोरङको बेलबारीमा रहेको बेलबारी जेसीजद्धारा आयोजित अनलाइन वक्तृत्वकला प्रतियोगितामा मोरङको पथरी जेसीजकी एलिना दियाली प्रथम हुन सफल भएकी छिन ।

लकडाउनको अवस्थामा समयको उचित सदुपयोग गर्दै नेपाल जेसीजले अनलाइन मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत बेलबारी जेसीजले देशव्यापी बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले जानकारी दिए । कोरोना भाइरस नियन्त्रणमा युवाहरुको भूमिका विषयक प्रतियोगितामा देशभरबाट २० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

१९ जना प्रतियोगिलाई पछि पार्दै दियाली प्रथम भएकी हुन् । प्रतियोगितामा कोहोलपुर जेसीजकी कृतिका आचार्य दोस्रो र चक्रघट्टी जेसीजका प्रेम बस्नेत तेस्रो भएका थिए उनीहरुले नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेको र विजेताको नगद पुरस्कार उनीहरुको व्यक्तिगत खातामा पठाइने बेलबारी जेसिजका महासचिव भुवन कार्कीले जानकारी दिए ।

प्रतियोगितामा अनिलबहादुर शाही, भरत प्रसाई, आनन्द अधिकारी, अर्जुन चापागाई निर्णायक र पर्यवेक्षकमा देबु बानियाँ रहेका थिए । शाखाका अध्यक्ष राजेश खत्रीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ, निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर विजय गुरुङ, निरुपित उपाध्यक्ष कृष्ण सापकोटा, शाखाका संस्थापक अध्यक्ष माधवराज थापा लगायतले बोलेका थिए ।

कार्यक्रम अत्यान्तै उत्साहजनक रहेको र देश तथा बिदेशबाट समेत सो कार्यक्रममा झण्डै १ हजार बढी ब्यत्तिहरु अनलाईनमार्फत सहभागी भएका थिए । कार्यक्रम अत्यान्तै उत्साहजनक रहेको र देशमा मात्र नभएर बिदेशमा समेत कार्यक्रम सफल भएको अध्यक्ष खत्रीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…