लकडाउन थप कडा , धरान तथा इटहरीमा लकडाउन उल्लंघन गर्ने १६७ जना प्रहरीकाे नियन्त्रणमा

धरान / कोरोना भाइरसको संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको बेला प्रशासनले लकडाउनलाई कडा पारेको छ । लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्किनेको जमात बढ्दै गएपछि सुनसरी प्रहरी प्रशासनले उल्लंघन गर्नेलाई प्रक्रउ गर्न थालेको हो । यसैक्रमर्मा सुनसरीमा विहानदेखी अहिलेसम्म लकडाउने गर्ने करिव ३ सय ७० जनालाई प्रक्राउ गरेको छ ।

भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै प्रदेश एकमा लकडाउनलाई कडा बनाउन थालेको हो । कारोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी योजना बनाउ“दै सर्वसाधरणहरुलाई आवत जावतमा पूर्ण रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले जानकारी दिनु भयो ।

विहान मर्निगंवाक तथा घुम्ने वाहानामा घर वाहिर निस्केको सुनसरीको धरान,इटहरी,दुहवी,इनरुवा तथा खनारमा प्रहरीले विहानैदेखी लकडाउन उल्घंन गर्नेलाइ समाउन थालेको सुनसरी प्रहरी प्रवत्ता विनोद शर्माले बताएका छन् ।

यस्तै धरानमा मर्निङवाकमा हिडेका १ सय २३ जनालाई धरान प्रह्रीले प्रक्राउ गरी धरान १२ पब्लिक माविको प्रांगरमा राखेर कोरोना सम्बन्धी सचेतना कक्षा दिइएको थियो । मर्निङ वाक र इभिनिङ वाकको नाममा जथाभावि सर्वसाधारण बाहिर निस्कन थालेपछि सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसरी कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताउनुभयो । उहाले प्रक्राउ परेकालाई कोरोना सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेर छेडिदिएको बताउनुभयो ।

त्यस्तै गरी इटहरी हुदै हिड्ने १४० जना पुरुष र ४ जना महिला गरि १ सय ४४ जनालाई पक्राउ गरि थुनिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । ४३ वटा मोटरसाईकल,५२ वटा साईकल,अटो लगायतको सवारी साधन पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

भारतमा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि सीमा क्षेत्रबाट प्रवेश गर्ने क्रम नरोकिएकोले पनि प्रदेश नं. १ मा कडाई गर्न प्रदेश नं. १ सरकारले निर्देशन दिएपछि यसरी सुनसरीका प्रहरी प्रशासन सक्रियताका साथ लकडाउन उल्लंघन गर्नेलाई प्रक्राउ गर्न थालेको हो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया