आगाेलागीले क्षणभरमै घर खरानी, परिवारको भयाे बिचल्ली

तेह्रथुम / बिहान बेलुकी परिवारलाई हातमुख जोड्न बनीकै भर पर्नु पथ्र्याे । घरमा साना नानीहरुले के खाउँ के लाउँ भन्नु सामान्य नै बनेको थियो । गाउँका साहु माहाजन कहाँ पुगेर दिउभरी काम गर्नु तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामाराका सुर्य बहादुर लिम्बु दैनिकी नै हो । दुधे नानीलाई काखमा च्याप्दै उनका श्रीमती माया पनी परिवार चलाउनमा साथ दिँदै आएकी छिन ।

सधैको दिन जस्तौ लिम्बु आईतबार बिहानै उठे । परिवारलाई चलाउनका बिहाने साहु महाजनकोमा रिन माग्दै गएका पुगे । उनी साहुकोबाट १ हजार रिन लिएर आउँदा घर गोठ खरानी बनी सकेको थियो । उनका श्रीमती माया पनी बिहानै गाउँ डुल्न गएकी थिईन । घरमा साना नानीहरु मात्रै थिए । नानीहरु र छिमेकी चिच्याउँदै घरमा आगो लगेका निभाउन पुगे । तर घरमा लागेको आगो नियन्त्रणमा आउन सकेन । बरु भएको बास पनी आगोले क्षणभरमै खरानी बनायो । घरमा आगो दनदनी बल्दा त्यो आर्थीक रुपमा एकदमै बिपन्न परिवारको मन कति रोयो । रोयो ।

जहाँ होचो त्यहाँ घोचो भने झै बिहान के खाउँ बेलुकी के खाउँ भन्ने लिम्बुको परिवारमा यतीबेला बज्रपात नै भएको छ । आङ ढाक्ने कपडा र हातमुख जोड्नै हम्मे हम्मे बनेको यो परिवारमा यो भन्दा ठुलो पिडा के नै हुन सक्छन र । गहभरी आँखाका भेल सँगै दुधे नानी च्याप्दै लिम्बुका श्रीमती मायाले केही सोच्न सकेकी छैनन् । आगो निभाउन नजिकैको सुक्रबारे प्रहरीचौकीको टोली स्थानीयले सहरप्रयास गरे तर घर जोगाउन सकेनन् । अन्नत घर गोठ घरमा भएको लत्ताकपडा,अन्न,भाडा बर्तन,१० वटा बाख्रा र १ सुँगुर जले । आगोले जलेर लिम्बुको १५ लाख बराबरको क्षती भयो ।

घर के कसरी बनाउने थाहा छैन । आँखा अगाडी आफ्नै घर जल्यो घर सँगै लिम्बु परिवारको मन जल्यो । खडेरीले आक्रान्त बनेको यो गाउँमा लिम्बुले अन्नबाली भित्र्याउने कुरै भएन । सबै गाउँमा रहेको छिमेकीको साहारामा जीवन गुजारा चलाउँदै आएका छन । घर आगोले जलेर खरानी भएपछी यतीबेला छिमेकी टंक बहादुर लिम्बुको घरमा आश्रय लिन पुगेका छन । ४ जना छोरा र १ छोरीका रहेको लिम्बुको परिवार जसोतसो चल्दै आएको छ । छोरीको बिबाह पछी घरमा ६ जनाको परिवार बिचल्लीमा परेका छन ।

आगालागी पिडीत लिम्बुको परिवारलाई स्थानीय सरकारले दियाे राहत

छथर गाउँपालिकाले लिम्बुको घर जलेको खबर पाउने बित्तकै राहात सामाग्री लिएका घटना स्थल पुग्यो । स्थानीय सरकार प्रमुख छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुको नेतृत्वमा स्थानीय सरकारको टोली घटनाको अनुगमनमा गरी राहात प्रदान गरेको छ । खाद्यन्य,लत्ताकपडा,भाडा बर्तन लगायतका समाग्री लिएका स्थानीय सरकार पिडीतको घरमा पुगेको थियो ।

घटना स्थल पुगेरका गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले पिडीत परिवारलाई सान्तवना दिँदै स्थानीय सरकार साथमा रहेको बताए । पिडीतलाई जस्तापाता प्रदान गर्ने समेत प्रतिबद्धता दिँदै पिडीत परिवारलाई छिमेकीको घरमा ब्याबश्थापनमा गरि दिएका छन । लिम्बुको परिवारलाई बास बस्ने घर निमार्णका लागी स्थानीय जुट्न समेत अध्यक्ष लिम्बुले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया

Loading…