बिराटनगरमा घरेलु श्रमिक बनाएर बालिकामाथि चरम यातना : कुटपिटका कारण कुमको हड्डी चर्कियो

माेरङ / विराटनगर एक परिवारमा घरेलु श्रमिक बनाएर राखिएकी बालिकामाथि लामो समयदेखि चरम यातना दिएकाे घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका–६ सरोचियाका व्यापारी मोहम्मद नसिम अन्सारी र उनकी पत्नी हलिमा खातुनले भारतको अररिया सिसौना घर भएकी १३ वर्षीया बालिका रेहाना प्रविनमाथि यातना दिएकाे घटना सर्वजानिक भएकाे हाे ।

न्सारीका छिमेकी मोहम्मद आलमका अनुसार निर्घात कुटपिट गर्दै दिइएको यातना सहन नसकेर बालिका शनिबार साँझ भागेर घरबाट बाहिर निस्किएकी थिइन् । अन्सारीका छिमेकी मोहम्मद आलमका अनुसार ‘बिहान उज्यालो भएदेखि पति–पत्नी मिलेर कुटपिट गर्न थालेको हामीले प्रत्यक्ष देखेका हौँ,’ उनले भने, ‘कुट्ने क्रम करिब एक घण्टासम्म जारी थियो ।’

आलमकाअनुसार बाँधेर मानसिक तथा शारीरिक यातना दिँदै मुक्का, लाट्ठी, चप्पल समेतले एकोहोरो कुटपिट गरिरहँदा बालिका चिच्याउँदै रोइरहेकी थिइन् । उनले अन्सारीको परिवारमा भारतबाट ल्याएर बालश्रमिकका रुपमा प्रयोग गर्दै बाहिरसमेत निस्कन नदिइकन घर भित्र बन्धक बनाएर दैनिक जसो बालिकामाथि कुटपिट गर्ने र यातना दिने काम हुने गरेको जानकारी दिए ।

स्थानीय बासिन्दाले बालिकाकाे उद्धार गरेर उनलाई उपचारका लागि कोशी अस्पताल पु¥याएका छन् । एक्स–रे गर्ने क्रममा उनको देब्रे कुमको हड्डी चर्किएको पाइएको उपचारमा संलग्न चिकित्सक ले बताएका छन् ।‘कुटपिटका कारण धेरै चोटपटक लागेको पाइयो,’ उनले भनिन्, ‘कुमको हड्डी नै चर्किएको अस्पतालले पूर्वेली न्यूज संगकाे कुराकानीमा बताएकाे छ ।’

कुटाइको पीडा र दुखाईका कारण बालिका राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । देब्रे खुट्टा राम्ररी चल्दैन । बालिकालाई सधैं जसो घरमा झाडु लगाउने, जुठा भाँडा माझ्ने, नाली सफा गर्ने, फोहोर उठाउने, घरमा भएका बालबालिकालाई स्कुल लाने र ल्याउने काम गर्न लगाउने गरिएको आजमले बताए ।

तपाईको प्रतिक्रिया

Loading…