लागुऔषध कारोबारीबीच भएको हिंसामा १९ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोमा दुई विपक्षी लागुऔषध कारोबारी समूहबीच भएको गोली हानाहानमा १९ जनाको मृत्यु भएको छ । मेक्सिकोको छिहुआहुआस्थित सीमामा भएको झडमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलमा १८ जनाको शव, दुईवटा ग्रिनेड, सवारीसाधन र बन्दुकहरु, फुटेका हेल्मेटहरु भेटिएको मदेरा कार्यालयले जनाएको छ ।

चीहुआहुआ महान्यायाधिवक्ता सिजर पिनेकले रोयटर्ससँग भने, “अमेरिकातर्फ लागुऔषध ओसार्ने दुईवटा अपराधिक समूहबीच झडप भएको हो ।” अन्य दुई हतियारधारी नजिकैको धुलाम्मे सडकमा घाइते- भेटिएका थिए । जसमा एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त क्षेत्रमा अहिले प्रहरी र सेना परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…