मंगल पुग्यो शनिको घरमा, अब अत्तालिनु पर्दैन (भिडियाे)

इटहरी / मङ्गल ग्रहले राशि परिवर्तन गरी आफ्नो उच्च राशि मकरमा प्रवेश गर्दैछ, यो मङ्गल ग्रहको उच्च राशि भए पनि शत्रु शनिको घर हो । त्यहाँ पहिलेदेखि नै बृहस्पति र शनिश्चर उपस्थित रहेको देखिन्छ । मकर राशिमा मङ्गलको गोचर अागामी २०७७ साल वैशाख २७ गतेसम्म हुनेछ, त्यसपछि मंगल ग्रहले कुम्भ राशिको यात्रा प्रारम्भ गर्नेछ ।

यस भिडियोमा मङ्गल ग्रहको राशि परिवर्तनबाट आम दुनियाँमा र विभिन्न राशिमा रहेका व्यक्तिहरूमा के प्रभाव पर्नेछ त ? त्यसका बारेमा चर्चा गरिएको छ । साथै यहाँ प्रख्यात ज्योतिषकर्मी कृष्ण गुरुले वर्तमान विश्वव्यापी महामारीको चपेटा कहिलेसम्म रहन्छ भन्ने विषयको समेत चर्चा गर्नु भएको छ । सम्पूर्ण जानकारीका लागि भिडियो हेर्न नभुल्नु होला । जान्नुहोस् मङ्गल ग्रह कसका निमित्त शुभ हुनेछ र कुन कुन राशिमा अशुभ हुनेछन् ।

तपाईको प्रतिक्रिया

Loading…