कोरोनाका त्रास : पूर्वराजा ज्ञानेन्द्र शाहले गरे निजी अस्पतालले देखाएको रवैयाको चर्को आलोचना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले देखाएको रवैयाको चर्को आलोचना गरेका छन् । कोरोना भाइरसका कारणका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै शाहले आलोचना गरेका हुन् ।

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्,  कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया