लकडाउनको दोस्रो दिन प्रदेश १ को अबस्था यस्ताे

बिराटनगर। कोरोना भाईरसको संक्रमण १ जना युवतीमा पुष्टि भएपछि नेपाल सरकारले सावधानी स्वरुप गरेको लकडाउनको दोस्रो दिन बुधबार प्रदेश १ का बिभिन्न जिल्लामा कडाईका साथ लागु भएको छ ।

मंगलबारबाट शुरु भएको लकडाउनको दोस्रो दिन पहिलो दिनको तुलनामा थप कडाई देखिएको छ । बजार र पसल बन्द छन भने पहिलो दिनको तुलनामा दोस्रो दिन सडक समेत सुनसान छ । प्रदेश १ का ठुला शहरहरु मध्ये सुनसरीको धरानमा सबैभन्दा बढी कडाई देखिएको छ । मंगलबार नै सुचना जारी गरेर धरानमा कडाई गरिने र कोही बाहिर निस्किए पक्राउ गरिने बताईएपछि बुधबार बजार र सडक सुनसान देखिएको छ ।

सुनसरीकै अर्को शहर ईटहरी पनि अघिल्लो दिनको तुलनामा चकमन्न देखिएको छ । बिरलै रुपमा अत्याबश्यक साधनहरु दौडिएका छन । प्रदेश १ को राजधानी बिराटनगर पनि सुनसान रहेको छ । अघिल्लो दिन नै सुनसान रहेको बिराटनगर बुधबार ठप्प देखिएको छ । मोरङका बिराटचौक,उर्लाबारी,बेलबारी,पथरी पनि अघिल्लो दिनको तुलनामा सुनसान छन । झापाको दमक,बिर्तामोड लगायतका शहरहरुमा समेत अघिल्लो दिनको तुलनमा सुनसान देखिएका छन । बुधबार बिहानैबाट सवारी चेकजाँचमा कडाई गरिएको छ । अत्याबश्यक बाहेकका साधन नियन्त्रणमा लिईरहेको प्रहरीले जनाएको छ ।

मोरङको ईलाका प्रहरी कार्यलय बेलबारीले बुधबार बिहानै लकडाउन उल्लंघन गरेको आरोपमा १ सय बढी मोटरसाईकल नियन्त्रणमा लिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि मंगलबारबाट सरकारले शुरु गरेको लकडाउनको दोस्रो दिन नियम उल्लंघन गर्दै मोटरासईकल कुदाउनेहरुलाई नियन्त्रणमा लिई सम्भाएर पठाएको र सवारी साधन नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिएका छन ।

पहिलो दिनको तुलनामा दोस्रो दिन सडमा कम सवारी देखिएका छन भने बजार समेत सुनसान देखिएको उनले बताए । लकडाउन उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने समेत उनले बताए । उर्लाबारी र पथरीमा सडकमा ढाट नै लगाईएको छ ।

तपाईको प्रतिक्रिया

Loading…