कोरोना संक्रमणको आशंकामा तीन बालक अस्पतालमा भर्ना

काठमाडौं । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् ।

तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।

तपाईको प्रतिक्रिया