बढ्दो त्रास : फैलदो नमस्कार संस्कार

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस सरुवा रोग भएका कारण आज विश्वले अपनाउने ह्यान्डसेकभन्दा नमस्काररूपी अभिवादन शैली प्रिय बन्दै गएको छ । आपसमा हात मिलाउँदा, अङ्कमाल गर्दा किटाणुहरू सम्प्रेषण हुने भयले कोरोनाको एउटा दुःखद् घटनासँग राम्रो कुरा नेपाली संस्कृतिले विश्वव्यापी मान्यतालाई अँगाल्ने जमर्को गर्दै छ । भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिका लागि भारतीय प्रधानमन्त्रीले ‘नमस्ते ट्रम्प’ भन्ने अभियानै चलाउनु यसको अर्काे उदाहरण बन्यो ।

यद्यपि उक्त समयमा कोरोनाको त्रास यतिका धेरै पैmलिएको भने थिएन । कोरोनाको फैलावटका कारण आयरल्यान्डका प्रधानमन्त्री लियो भाड्करलाई ह्वाइटहाउसमा ट्रम्पले पनि दुई हात जोडेर ‘नमस्कार’ गरे । बेलायतका राजकुमारले २०७२ सालमा नेपालमा आउँदा नमस्कार गर्दै आफ्नो यात्रा सुरु गरेर फर्कँदा समेत नमस्कार नै गरेर गए । उनले भर्खरै लन्डनमा आयोजित एक कार्यक्रममा पश्चिमाको अङ्कमाल, चुम्बन वा हात मिलाउने शैलीका विपरीत आगन्तुक पाहुनालाई नमस्कार गरेरै स्वागत गरे । इजराइलका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति लगायतका विश्वका थुप्रै शक्तिशाली मुलुकका राष्ट्रप्रमुखले हाल आएर नमस्कार संस्कृतिलाई अँगालिरहेका छन् ।

रमेश भट्टराई ‘सहृदयी’

हाम्रो सुन्दर संस्कार ‘नमस्कार’ लाई कोरोना भाइरसका कारणले राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रियकरण गरिरहेको छ । यो नराम्रोको बिचमा एउटा राम्रो कुरा हो । आज नमस्कारको रहस्य र मर्म के हो भनेर खोज्नेको एउटा लहर चलेको देखिन्छ । यति मात्र होइन यो खतरनाक भाइरसले प्रकृतिप्रदत्त जीवन जिउन आग्रह गर्दै छ । अलिकति शाकाहारी मानव जीवनशैलीप्रति धकेल्दै पनि छ अनि शहरियाभन्दा ग्रामीणीकृत जीवनको वास्तविकतालाई बोध गराउँदै छ । मान्छेभन्दा प्रकृति बलियो हुन्छ भन्ने यथार्थलाई सम्झाएर मानिसलाई दायित्वमा कटिबद्ध रहन प्रेरणा मिल्दै छ । हुन त यस्ता प्रकृतिका महामारी विगतमा पनि आएकै हुन् तथापि मानिस बिर्सिरहन्छ र दम्भ देखाइरहन्छ । प्रकृतिको सन्तुलन भत्काउन अलिकति पनि सङ्कोच मान्दैन । यो मानवीय आचरणभन्दा फरक विषय अवश्य भइरहेकै छ । जलवायु परिवर्तन र प्राकृतिक वितण्डाको सिकार बन्नमा स्वाभाविक प्राकृतिक अवस्थाभन्दा धेरै त मानिसकै लापरबाही कारक बनेको देखिन्छ ।

नमस्कारको संस्कार इजराइल पुगेको खबरले निकै नै चर्चा पायो । धेरैका मुहारपुस्तिका (फेसबुक) का भित्तामा सजिए । यसको लगत्तै ‘फलाना–फलाना गाउँपालिकाले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि नमस्कार अभियान चाल्यो रे’ भन्ने समाचार एकपछि अर्को गर्दै आए । हुनलाई सरुवा रोग हावामा पैmलने भए पनि कमसेकम पूर्वीय सुसभ्य संस्कृति विदेशमा पनि पैmलिँदा सांस्कृतिक सहिष्णुताको एउटा पक्षमा गर्व गर्नुपर्छ । हाम्रो संस्कृति निकै राम्रो रहेछ ।

कसैले ‘नमस्कार हजुर !’ भन्दा त्यसको सान र स्वाभिमान नै उँचो हुन्छ । हामी आपूmभन्दा उपरकासँग हात मिलाउन त्यति उचित ठान्दैनौँ । एकजना अग्रजले भन्नुभयो– ‘आफ्ना नाति समानका मान्छे, हात लम्काउँदै आउँछन् । अब म हात नदिऊँ भने ठूलो भयो भन्ने डर । यो हात मिलाउने शैली ठीक छैन ।’ यो कुरा पनि मनासिब लाग्यो ।

आखिर के हो नमस्ते ? कि नमस्कार चाहिँ हो त ? तर, नमस्कार र नमस्ते दुवै संस्कृत भाषाबाटै विकसित परम्परा रहेछन् । हाम्रा मान्छेले किन नमस्कार गरेका रहेछन्, यो चासोको विषय हो । सायद हाम्रा पुर्खा दूरद्रष्टा भएरै यस्ता जीवशैलीलाई अपनाए हुनन् ! सायद सान, मान, स्वाभिमान अनि महामारीको ज्ञान अर्थात् भाइरसको जगजगीको नरसंहारको पूर्वानुमानमा हाम्रा पुर्खा जानकार थिए, बाठा थिए । डक्टरहरूले त सङ्क्रमित मान्छेबाट स्वाइन फ्लु, बर्ड फ्लुदेखि निमोनिया, झाडापखाला, हैजा, टाइफाइट, हेपाटाइटिस ए, हेपाटाइटिस ई, क्षयरोग, पोलियो, आउँ, जियार्डियासिस थुप्रै सरुवा रोग सर्न सक्छ भनिरहेकै हुन्छन् । आखिर भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा, फङ्ग्स आदिलाई हात मिलाउँदा सँगै सारिन्छ भने त ‘नमस्कार’ गरे राम्रै कुरा हो । हुनलाई सरुवा रोगहरूलाई नमस्कार गरेर मात्रै रोक्न सकिन्छ भन्ने होइन तर कमसेकम एउटा राम्रो उपाय हो ।

‘नमस्कार’ को शैली प्रिय र वैज्ञानिक प्रकृतिको रहेछ । आखिर ह्यान्डसेक, हक, म्वाईँभन्दा कैयौँ गुणा उत्तम रहेछ– नमस्कार । मौसमी रोगको सिकारबाट जोगिने भएकैले हाम्रा पुर्खाले नमस्कारलाई स्वास्थ्यको दृष्टिले अपनाए । असल र सम्मानित शान्ति र आदर्शताको बोधका लागि भनेर अपनाए, अझ भनौँ शान्ति र धैर्यताको सूचक मानेर अपनाएका रहेछन् । थम, स्विच, टेलिफोन, विद्युतीय हाजिरी, किबोर्ड आदिलाई साझा प्रयोग गर्दा पनि त ब्याक्टेरिया र किटाणुको आदानप्रदान हुने रहेछ भने वैज्ञानिक भनेर मात्र कहाँ गर्व गर्न सकियो र !

अलिकति शिर नमाएर, प्रेम र सद्भावको मीठो अभिवादन जसमा दुवै हात जोडिएको होओस्– निकै सानदार लाग्छ । सायद विदेशतिर झुन्ड्याउने सामग्री धेरै बोक्नु परेकाले एउटा हात खाली हुँदा हात मिलाउने शैली चम्क्यो होला । यता त बूढापाकालाई हात मिलाउनुको कुनै अर्थ र निरर्थकता दुवै कुरामा मतलब हुँदैन । साथी–साथीको मित्रतामा चाहिँ नमस्कार गर्दा अलिक नमिलेको अनुभूति होला तर यो मनासिब तरिका हो । यसमा आत्मीयताको भाव निकट छ । स्पर्श त हृदयबाट हुनुपर्छ । शारीरिक स्पर्श नै ठूलो कुरा होइन । आफ्नो नाक कोट्याउँदै गरेको हात लगत्तै तेस्र्याउने, मोजा लगाउँदै गरेको, खैनी माड्दै गरेको या कपाल कन्याउँदै गरेको हात कसैसँग मिलाउनु स्वास्थ्यका दृष्टिले पनि त राम्रो होइन । नमस्ते गर्नु चाकडी गर्नु पनि होइन । हाम्रा अध्यात्मले एक आत्माले अर्को आत्मालाई प्रणाम गर्ने अर्थबोध गराए तर हामीले यो संस्कारलाई पुरातनवादी र रुढिवादी भनेर छोडेछौँ ।

हामी आज आधुनिकताको बडप्पनमा जिउन चाहन्छौँ । हामीलाई नमस्ते भन्दै गर्दा होस् या हात मिलाउँदै गर्दा पनि हातै मिलाउने आदत बसिसक्यो । हामी त बडो बडप्पनमा नाकका पोहोरा पैmलाउँछौँ । ‘मसँग फलाना…. नेताले पनि हात मिलाएका छन् !’ हात मिलाउनुमा कत्रो बडप्पनको ढोङ छ ? यद्यपि आफ्नोपन छोड्नु हुँदैन भन्ने बुद्धि हामी सबैमा छ । जान्दछौँ पनि तर अर्काको पद्धति अपनाउँदा मपार्इँत्व छाँट्न पाउने अर्को भूत पनि चढेकै छ । यही भूतले खर्लप्प खाँदा हामी पाश्चात्यका कतिपय गलत परम्परामा पारङ्गत भयौँ । राम्रो भन्छौँ अनि जन्मदिन होइन ‘बर्थ डे’ मनाउँछौँ । लाखौँसम्मको खर्च गर्छौँ । यसको साटो त्यो खर्च हुने रकमलाई कतै फाइदा हुने व्यवसायमा लगानी गरौँ न । अर्थात् समाज सेवाका लागि भनेर सेवा भावले मानवहितकारी कर्म गर्ने शैलीलाई बढाबा दिऊँ । यसका अतिरिक्त घरमा आमाबाबालाई सम्झने काम होओस् । हामी त ‘पुरानो सिस्टम’ भन्ने बडप्पनमा विकृत पद्धतिबाट ग्रसित भइसकेको दुःखद् कुरा हो ।

वेदमा पुगेर हेर्दा ‘नमस्ते रुद्रमन्वय…..’ भन्ने मन्त्रसम्म पुग्न सकिने रहेछ । ‘नमस्कार’ लाई पनि ‘नमः आकार’ को रूपमा बोध गरिँदो रहेछ । तर, देव–देवीको स्तुति, अभिवादनमा चाहिँ हात मिलाउने साहस गरेका रहेनछौँ । नमस्कारलाई पनि धर्म र आर्य समाजको पहिचान भनेर आफ्नोलाई घृणा र पराईको अन्धानुकरण गर्नु घातक कर्म हो । हामी त अर्काकोमा गएर भाँडा माझ्छौँ तर घरको कोठेबारी खन्न लाज मान्छौँ । दूध बेच्छौँ, ऊखु बेच्छौँ अनि कोक र फेन्टा किनेर खान्छौँ ।

ताप्लेजुङका लिम्बू मित्रले मलाई ‘सेवारो’ भन्नुको साटो ‘गुड अप्टरनुन साथी’ भन्दा विकसित भयौँ कि अधोगतितिर गयौँ ? लोकले अर्कैको थिति चोरिसक्यो । त्यसमै रत्तिइसक्यो समाज । आफ्नो गरिमा फाल्नुलाई सभ्यता र परिवर्तन भन्ने हो त ? नेताजीले नोकरलाई नमस्कार गरे भने, हात मिलाए भने उनको इज्जत घट्छ ? त्यसैले होला, उनी आफू सरहकासँग मात्र हात मिलाउँछन् । आपूm उपरकासँग भने अलि वरबाट लम्केर थोरै निहुरेर हात मिलाउने रहेछन् । बामपन्थीहरू पञ्जालाई बेस्सरी कस्दै झट्कारेर हात मिलाउँछन्, समाजवादी दम्भ राखेर हात मिलाउँछन् । कसैलाई ‘कमरेड’, कसैलाई ‘जय नेपाल !’ सायद आ–आफ्नै पेवा शब्द जस्ता । भोट माग्न घरमा आउँदा नमस्कार गर्ने नेताजीले पार्टी अफिसमा गएकासँग हात मिलाउनुपर्छ भन्ने बुझ्छन् । सबैका आ–आफ्नै जे–जस्ता ढाँचा भए पनि हात मिलाउने संस्कार चाहिँ साझा नै हो । कसैद्वारा नअपनाइएको भन्ने छँदै छैन ।

हामी त विदेशीले आएर– ‘अब नमस्कार गर’ भनेपछि उसको कुरालाई मान्न तयार हुने पश्चिमा भूतका सिकार भएका छौँ । संसारले जे गर्छ त्यही गर्ने अन्धो अठोट हुन्छ । जब श्रद्धा हुन्छ तब त नमस्कार हुन्छ । आपूmभन्दा पाका, अग्रज, उच्च ओहोदाका या त विपरीत लिङ्गीलाई प्रायः नमस्कार गरिन्छ । त्यसो त यो ठूला–ठूला सभा वा भेटमा प्रयोग हुने अलिकति उपल्लो वर्गको संस्कार पनि रहेछ । तर, सर्वहारा वर्गले पनि हात मिलाउँदैन, नमस्कार नै गर्छ । त्यसैले नमस्कार समावेशी संस्कार हो ।

हुँदा–हुँदा आजभोलि त कुम जोडेर, ओठ जोडेर अरू के के हो के के । केवल कुइरो रङ हुने र अङ्ग्रेजी बोल्नेले गरेको सिको गर्ने सोचका हामी आधुनिक भइटोपल्ने मान्छे न रहेछौँ । अझ पहिला त भेट्दा मात्र नमस्कार हुन्थ्यो, अहिले छुट्दा पनि हात पसार्नै पर्ने बाध्यता छ । भाषणमा पनि नमस्कार या नमस्ते राम्रो हुन्थ्यो होला तर अहिले त ‘गुड मर्निङ’ भन्यो अनि फेरि घडी हे¥यो । ‘ओहो ! ‘अप्टरनुन’ भइसकेछ सरी है ।’ –सच्याउनुपर्ने हुँदो रहेछ । आखिर नमस्कार या त नमस्तेका लागि त समयको यत्रो घेराबन्दी त छैन त्यसैले यो व्यावहारिक शैली रहेछ ।

नमस्कार र नमस्ते दुवै हाम्रा संस्कारयुक्त शब्द रहेछन् । सानाले ठूलालाई अभिवादन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ : एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार । नमस्ते संस्कार । कृपया आफ्नै संस्कृतिमा बाँचौँ । हामीले आफ्नोपनालाई बोझिलो, झन्झटिलो, गहु्रँगो बनाउँदा दुःख मान्नुपर्ने होइन र ! अतः नमस्कार संस्कृतिले त आदर्शता, शान्तिप्रिय बोध, सम्मानित भावना, हरेक व्यक्तिबिचमा समता, स्वस्थता, आत्मीयता थुप्रै आदर्श भाव, सामाजिक गुणलाई जीवन्त राख्ने रहेछ । त्यसैले यो धार्मिक र रुढिवादी विषय होइन ।

तपाईको प्रतिक्रिया

Loading…