पाथीभरा मन्दिर दर्शन स्थगित गर्न जिल्ला कार्यालय ताप्लेजुङकाे अनुरोध

ताप्लेजुङ / कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर दर्शन स्थगित गर्न सबैमा आग्रह गरेको छ ।

मन्दिर दर्शनको सिजन भएकाले भिडभाड हुने र संक्रमण फैलन सक्ने जोखिम रहेकाले हाललाई मन्दिर दर्शन स्थगित गर्न अनुरोध गरिएको कार्यालयले जनाएको छ । संक्रमणको अवस्था सामान्य नहुँदा सम्म मन्दिर दर्शन स्थगित गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरा मन्दिरमा शनिबार मात्रै १३ सय बढि दर्शनार्थीहरु पुगेका थिए । प्रशासनको अनुरोध पश्चात भने आईतबार कमै मात्र दर्शनार्थी गएकाछन् । पाथीभरा मन्दिरमा वर्ष भर नै तिर्थयात्री पुग्ने छन् । अन्य समयको तुलनामा दशैँमा सबै भन्दा बढि भिडभाड हुने गरेको छ भने हालको समय समेत मन्दिर दर्शनको सिजन हो । दैनिक सयौँको संख्यामा स्वदेशी तथा विदेशी दर्शनार्थीहरु यस मन्दिरमा आउने गरेकाछन् ।

यता ताप्लेजुङ उद्योग बाणिज्य संघले अत्यावस्यक बाहेकका ठाउँमा भिडभाड नर्गन, रुघा खोकी, ज्वरो जस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गई स्थास्थ्य परिक्षण गर्न, घरैमा सुरक्षित बस्न अनुरोध गरेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले समेत गरेका अनुरोध र आग्रहलाई पालना गर्न बाणिज्य संघले भनेको छ । यस्तै अत्यावस्यकिय खाद्यान्न, दैनिक उपभोग्य सामान, माक्स, सेनिटाईजर, औषधी, पेट्रोलियम पदार्थ लगाएतका बस्तुको आवस्यकता हेरि बन्दोवस्त गर्न माताहतका उद्योगी व्यवसायीलाई समेत अनुरोध गरिएको छ । आईतबार प्रेश विज्ञप्ति जारी गर्दै बाणिज्य संघले यस्तो अनुरोध गरेको हो ।

तपाईको प्रतिक्रिया