नेपालमा कोरोना भित्रिइसकेको भन्ने अडियो सामाजिक सञ्जालमा भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं / प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिए पछि कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया