पत्याउनै गाह्रो पर्ने प्रेमका ७ तथ्य

एजेन्सी / प्रेम, माया, स्नेह सबैले प्रिय शब्दलाई जनाउँछ । कसैले भन्छन ‘म प्रेममा परेको छु ।’ अथवा मलाई फलानोसँग प्रेम भएको छ । यसै प्रेमसँग सम्बन्धित केही अनौठा तथ्यबारे चर्चा गरौं जुन तपाइलाई जानकारी नहुन पनि सक्छ ।

१. सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ ।

२. वैज्ञानिकको अनुसन्धानका आधारमा राम्रो शरीर भन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ ।

३. विश्वमा करीब ३० लाख व्यक्ति सँधैजसो ‘डेट’ मा जाने गर्दछन् ।

४. अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय पत्नीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए ।

५. प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’ लाई सन् १२५० बाट सुरु गरिएको थियो ।

६. सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेल बाट भागेका थिए ।

७. साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८औं शताब्दीबाट भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…