आखिर के भइराखेको छ मेस्सीलाई ?

एजेन्सी / बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । बार्सिलोनालाई यो उचाईमा पुर्याउन उनको विशेष भुमिका रहेको छ । तर, पछिल्लो समय उनी व्यापक आलोचित हुँदै आइरहेका छन् । उनको खेललाई लिएर समिक्षकहरु खुसी रहेका छैनन् । मिडिया रिपोर्टका अनुसार उनले सन्तुलिन खेल खेल्न सकिरहेका छैनन् । बार्सिलोनाभित्र भएको विवादका कारण पनि उनको फर्ममा असर देखिएको हुनसक्ने अनुमान समिक्षकहरुले गरेका छन् ।

उनले करिअरमै पहिलो पटक लगातार तीन खेलमा पहेलो कार्ड खाएका छन् । उनको यो पहिलो रेकर्ड हो । उनले च्याम्पियन्स लिगमा नापोलीका गोलरक्षकलाई फउल गरेबापत पहेलो कार्ड प्राप्त गरेका थिए । त्यस्तै एल क्लासिकोमा काशिमेरोविरुद्ध फउल गरेपछि उनलाई रेफ्रीले पहेलोकार्ड देखाएका थिए । त्यस्तै रियल सोसिडाडविरुद्धको खेलमा पनि उनले पहेलो कार्ड पाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…