भलिबलको उपाधि आर्मीको पोल्टामा

इनरुवा / सुनसरीको इनरुवामा सम्पन्न तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । आर्मीले अर्को विभागीय टोलीलाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको पुलिसले ७५ हजारमा चित्त बुझाएको छ ।

शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको रात्रिकालीन भलिबल प्रतियोगिताको प्रतिष्पर्धात्मक फाइनल खेल आर्मीले ३–१ को सेटमा जितेको हो । महेन्द्र चोकमा सम्पन्न फाइनल खेलको पहिलो सेट आर्मीले २६–१४ को स्कोरमा जितेको थियो ।दोस्रो सेटमा भने पुलिसले पुनरागमन गर्दै २५–२३ ले जितेपनि तेस्रो र चौथो सेट गुमाउँदा उपाधि चुम्मबाट वञ्चित हुन पुग्यो । तेस्रो सेटमा आर्मीले २५–११ र चौथो सेट २५–१७ को स्कोरमा पुलिस विरुद्ध जित दर्ता गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

बिजेता तथा उपबिजेता सहितका खेलाडीहरुलाई नगर प्रमुख राजन मेहता सहित आयोजक संस्थाका अध्यक्ष सुवास राई लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए । रात्रिकालीन भलिबल प्रतियोगितामा तीन विभागीय सहित ८ टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…