भलिबलको उपाधिकालागि आर्मी र पुलिस भिड्दै

इनरुवा / सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिकालागि दुई विभागीय टिम नेपाल पुलिस र आर्मी भिड्ने भएका छन् । महेन्द्र चोकमा समपन्न पछिल्ला खेलमा जित निकाल्दै पुलिस र आर्मीले फाइनल यात्रा तय गरेका हुन् । सेमीफाइनल अन्र्तगतको पहिलो खेलमा आर्मीले सोलुखुम्बुलाई पराजित गरेको थियो ।

सोझो सेटमा जीत निकालेको आर्मीले २५–१९, २५–१६ र २५–१४ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको थियो । त्यसैगरी दोस्रो सेमीफाइनलमा भिडेका दुई बिभागीय टोली नेपाल पुलिस र एपीएफको खेलमा नेपाल पुलिसले बाजी मारेको छ । निकै नै प्रतिष्पर्धात्मक खेल वेस्ट अफ फाइबमा टुङ्गिएको थियो । सो खेलको पहिलो सेट पुलिसले २५–२३ को सेटमा जितेपनि दोस्रो सेट भने २५–२० ले गुमाएको थियो ।

तेस्रो सेटमा पुनरागमन गरेको पुलिसले २५–२१ को स्कोरमा जीत निकाल्दा चौथो सेटमा भने एपीएफले उत्कृष्ट प्रर्दशन ग¥यो र खेलमा पुलिसलाई हाबी हुने मौका दिएन् ।चौथो सेटमा एपीएफले पुलिसलाई २५–९ को स्कोरमा रोकेपनि निर्णायक तथा अन्तिम सेट गुमाउदा सेमीफाइनलबाट बाहिरिन पुग्यो । अन्तिम सेट राती ढिला भएका कारण १५ स्कोरलाई जीतको आधार मानी खेलाइएको थियो । प्रतिष्पर्धात्मक उक्त सेट पुलिसले १५–१३ ले जित्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्न सफल भयो ।

तीन बिभागीय सहित ८ टिम सहभागि प्रतियोगिताको बिजेताले १ लाख ५० हजार तथा उपबिजेताले ७५ हजार पुरस्कार पाउने आयोजक शान्तिदीप नेपालका अध्यक्ष सुबास राईले जानकारी दिए । प्रतियोगितालाई शान्तिदीप र इनरुवा नगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…