बुढासुब्बा गोल्डकप : मच्छिन्द्रलाई हराउदै पुलिस फाइनलमा

धरान / विभागीय टिम नेपाल पुलिस क्लबको जितसंंगै सहिद स्मारक ए डिभिजन लिग विजता मच्छिन्द्र क्लब सेमी फाइनलबाटै बाहिरिएको छ । धरानमा जारी २२ आंै बुढासुब्बा गोल्डबका विहीबार भएको अन्तिम सेमी फाइनलमा मच्छिन्द्रलाई सडन डेथको आधारमा ५–४ गोलको अन्तरले हराउदै पुलिस फाइनलमा प्रवेश गरेसंगै मच्छिन्द्र बाहिरिएको हो ।

धरान १६ रंगशालामा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा समावधिभर दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो । टाइबेकरमा पनि गोल बराबरीमा टुंगिएपछि खेलको निर्णय सडन डेथका आधारमा गरिएको थियो ।

प्रतियोगितामा पेनाल्टी प्रहारमा मच्चिन्द्रका तर्फबाट रञ्जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल ग्रेका थिए भने विशाल राई र विराज महर्जनको गोल रक्षक पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै पुलिसका तर्फबाट भने भोला सिलवाल, पदम भण्डारी, तीर्थ राना मगर, जुमानु राई र कपिल ढकालले गोल गरेका थिए भने सुमन सुवदी गोल गर्नबाट चुकेका थिए ।

प्रतियागिताको म्यान अफ म्याच पुलिसका गोल किपर सञ्जित श्रेष्ठ घोषित हुदै नगद १५ हजार प्राप्त गरे भने खेलको उत्कृष्ट गोलकर्ता मच्छिन्द्र क्बलबा रञ्जित धिमाल भएका थिए ।

क्वार्टर फाइनलमा पुलिसले मेची नेत्रालय झापा काकडभिट्टालाई ३–१ गोलले हराउदै सेमी फाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्रले सण्डे एफएफसी कलकत्ता भारतलाई ६–१ को फराकिलो गोल अन्तरले हराउदै सेमी फाइनल प्रवेश गरेको थियो । पाच पटकको बुढासुब्बा गोल्डकप विजेता पुलिसले तीन पटकको गोल्डकप विजेता मनाङसंग शनिवार फाइनलमा भिड्ने छ ।

 

 

तपाईको प्रतिक्रिया

Loading…