फिलिपिन्समा २२० जोडीले मास्क लगाएर गरे सामूहिक विवाह (भिडियाे सहित)

फिलिपिन्स / फिलिपिन्समा हरेक वर्ष सरकारले खर्च व्यहोर्ने गरी सामूहिक विवाह हुन्छ। त्यहाँ यसवर्ष पनि सामूहिक विवाह सम्पन्न भएको छ। तर यसपटकको विवाह पहिले भन्दा भिन्न थियो। २ सय २० जोडीले विवाहमा मास्क लगाएका थिए। कोरोनाभाइरसको त्रासकका कारण उनीहरुले मास्क लगाएर विवाह गरेका हुन्। फिलिपिन्सको शहर बाकोलोडमा सम्पन्न भएको यस विवाहको भिडियो सार्वजनिक भएको छ। जहाँ सयौं जोडीहरु मास्क लगाएर विवाह प्रक्रियामा समावेश भएको देखिन्छन्।

तपाईको प्रतिक्रिया