बुढासुब्बा गोल्डकप : युकेएफसी खर्साङलाई पराजित गर्दै मनाङ मर्स्याङदी फाईनलमा

धरान / २२ आंै बुढासुब्बा गोल्डकप अन्तर्गत आज भएको पहिलो सेमि फाइनलबाट मनाङ मस्र्याङ्द क्लबले जित निकाल्दै फाइनलको यात्रा तय ग्रेको छ । तीन पटकको बुढासुब्बा गोल्डकप विजेता समेत रहेको नेपाल मनाङ मस्याँङदी धरान १६ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली यूनाइटेड करसाँङ भारतलाई २–० गोल अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको हो ।

जितका लागि खेलकोे १९ औं मिनेटमा मनाङका विमल राना र खेलकोे इन्जुरी समयमा दायानन्द सिंहले १–१ गोल गदै आफ्नो स्थान पक्का गरेको हो । दर्शकको भरपुर साथ े साथ पाएको कस्याँङले पटक पटक गोल गर्ने अवसर पा पाए पनि त्यसको फाइदा उठाउन सकेन । खेलको म्यान अफ दि म्याच कस्याँङकका आसिष देवान घोषित भए उनले नगद १५ हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट गोलकर्ता मनाङका दयानन्दसिंह घोषित हुदै ५ हजार नगद प्राप्त गरे ।

अब मनाङले उपाधिका लागि शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लव र विभागीय टिम नेपाल पुलिस क्लवबीचको विजेता टोलीसंग फागुन १७ गते शनिवार भिड्ने छ ।
विहीबारको अत्यन्तै रोमान्चक दोस्रो सेमिफाइनल खेल सहीद स्मारक लिग विजेता मछिन्द्र क्लब र विभागीय नेपाल पुलिस क्लव विच हुने छ ।

तपाईको प्रतिक्रिया

Loading…