नेकपाभित्रको मनोविज्ञान यस्तो एउटाको पीडामा अर्को समूह खुसी !

काठमाडौँ । पार्टीभित्र भावनात्मक एकता गर्ने भनेर नेकपाका शीर्ष नेताले गृहकार्य गरेको गर्‍यै छन् । तर, नेकपाभित्र पूर्वसमूहको तुस यति धेरै छ कि, एउटा समूहको नेताको दुःखमा अर्को समूह उत्साही हुने गरेको देखिन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा र निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हकमा नेकपाभित्र देखिएको राजनीतिक मनोभावले त्यहाँ भित्रको समूहगत मनोविज्ञान दर्शाउँछ ।

विवादमा तानिएपछि महराले राजीनामा दिनुपर्ने विषयमा नेकपाभित्रको पूर्व एमाले समूहका नेता कार्यकर्ताले निकै जोडतोडले आवाज उठाए, खास गरेर सामाजिक सञ्जालमा। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि नेकपाको सचिवालय बैठकले महरालाई दुवै पदबाट राजीनामा दिन सुझाव दियो।

महराले सभामुख पदबाट राजीनामा दिए। उनको राजीनामापछि पनि महराको नैतिकतामाथि पूर्वएमाले समूहबाट अनेकौं प्रश्न उठे। महरा अदालतबाट सफाई पाएर रिहाई हुँदा पनि यस्तै टिप्पणी पूर्व एमाले पंक्तिबाट सामाजिक सञ्जालमा देखिए। महराको प्रकरणमा नेकपाभित्र जुन मनोविज्ञान देखिएको थियो, त्यस्तै समस्या सञ्चारमन्त्री बाँस्कोटाको राजीनामामा पनि देखियो। बुधबार ‘कमिसन प्रकरण’को अडियो टेप सार्वजनिक भएसँगै, पूर्व माओवादी समूहबाट उनको राजीनामाको माग हुन थाल्यो।

नेकपा अध्यक्ष दाहाल राजीनामा दिन सुझाव दिँदै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गए। अन्ततस् बाँस्कोटाको राजीनामा आयो। तर, पूर्व माओवादी समूहले बाँस्कोटामाथि प्रश्न उठाउन छाडेनन्। बाँस्कोटा प्रकरणमा नेकपाकै माधव नेपाल समूह पनि उत्साही देखियो।

एउटाको पीडामा अर्को समूह खुसी हुनुले नेकपाभित्र कुन मनोविज्ञानको संकेत गर्छरु हामीले यो प्रश्न नेकपाकै नेता, राजनीतिक विश्लेषक र मनोविद्लाई सोध्यौं।

कोही पनि खुसी वा दुखी हुनुको अर्थ छैन : राम कार्की, नेकपा केन्द्रीय सदस्य

मान्छेभित्र कहीँ न कहीँ एउटाले दुस्ख पाउँदा अर्कोले खुच्चिङ् भन्ने प्रवृत्ति हुन्छ। हिजो महराजीको केसमा पनि कमिकमजोरी भएको थियो। ठुला मान्छेलाई पनि कानुन लाग्नुपर्छ भनेर आवाज उठ्नु स्वभाविक हो।

बाँस्कोटा प्रवृत्ति पूर्वमाओवादीमा पनि होला, महराप्रवृत्ति पूर्व एमालेमा पनि होला। त्यसैले यसमा खुशी वा दुखी हुनुको अर्थ छैन। कसको उजागर भयो कसको भएन भन्ने मात्रै हो।

अर्कोतर्फ, नेताहरुका गलत काममा जसले बचाउ गर्छ, त्यो नेताको नजिक हुन्छन्। नेताले उसलाई नै अवसर दिन्छन्। अहिले गोकुल बाँस्कोटाको केसमा पनि त्यस्तै भयो।

पार्टीका लागि घातक : कर्ण थापा, नेकपा केन्द्रीय सदस्य

यो ढाहा, इर्ष्या, पूर्वाग्रह हो। आफ्ना निजि आग्रह हेरेर सोच्ने मान्छेहरुको मनोविज्ञानको परिणति हो। यो समस्या नेकपामा छ। पछिल्ला दुवै केसमा सही ढंगले व्याख्या गर्ने, विश्लेषण गर्ने, पार्टीको हित हेर्नेहरुले फरक ढंगले हेरेका छन्। तर, कसैप्रति असन्तुष्टि पोख्नु पर्ने छ भने यस्तो प्रवृत्ति देखा पर्छ। यो राम्रो होइन।

नकारात्मक प्रवृत्तिको घातक हो। जे घटना हो, त्यसलाई त्यही रुपमा बुझ्न पर्छ। दुवै घटना ९महरा र बाँस्कोटा० निजी हुन्। पार्टीसँग सम्बन्धित छैनन्। महराले व्यक्तिगत रुपमा सामना गर्नुभयो, अदालतले फैसला गर्‍यो। यसलाई मान्नु पर्‍यो १

अहिले गोकुल बाँस्कोटा माथि जे आरोप छ, त्यो उहाँले सामना गर्नुपर्छ। पार्टी यसको पक्ष, विपक्षमा हुनु हुँदैन। ठिक भयो गजव भयो भनेर ताली पिटेर पनि केही हुँदैन। नहुनुपर्ने भयो भनेर रोइकराई गरेर पनि हुने केही होइन। यि पार्टीका बहसका विषय होइनन्। तर भइराखेको छ। यो पार्टीका लागि घातक प्रवृत्ति हो।

पार्टी भित्र गुटबन्दी रहिरहन्छ : कृष्ण खनाल, राजनीतिक विश्लेषक

एमाले र माओवादीबाट नेकपा बन्दा त्यसभित्र दुई ठूला गुट भए। पूर्व एमाले र पूर्व माओवादी गुट। कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको केसमा त्यहि गुटको असर हो।

पूर्व एमाले भित्रपनि दुईरतीन गुट छन्। पार्टी भित्र गुटबन्दी रहिरहन्छ। कुनै पनि पार्टीमा गुट हुन्छ। गुटको सिमाना के होरु त्यसको स्वस्थ व्यवस्थापन के हुनेरु यो ठुलो कुरा हो। जसको हातमा सत्ता हुन्छ उसले अरुलाई बाइपास गरिहाल्छ। त्यसको असर हतपत मेटिँदैन। कुनै अवसर आउँदा पोखिन्छ। अहिले पनि त्यहि भएको हो।

गुटको मनोविज्ञान हो : गोपाल ढकाल, मनोविद्

राजनीतिमा लाग्ने मान्छेहरु धेरै महत्वकांक्षी हुन्छन्। अगाडि बढ्न अर्काको खुट्टा तान्नै पर्ने हुन्छ। नेकपामा दुई ठूला गुट छन्। यो गुटको मनोविज्ञान हो। षड्यन्त्र, विभिन्न जालझेल, प्रपोगान्डाहरु भित्र भित्र भएका हुन्छन्।

आफू कसरी अगाडि बढ्ने, अर्कोलाई कसरी गिराउने चलखेल भित्र भएका हुन्छन्। र, नेपालको राजनीतिमा राजनीतिक संस्कार छैन। सम्मान छैन। गुट उपगुट मात्रै छ। त्यसकै कारण एकलाई पर्दा अर्को खुसी हुने, अर्कोलाई पर्दा अर्को खुसी हुने प्रवृत्ति देखिन्छ।

नेता कार्यकर्ता आफैं भित्र मिल्न सकेका छैनन्। स्वस्थ राजनीति छैन। इमान्दारिता छैन। अर्को कोही बदनाम हुँदा आफू खुसी हुने। उसको पनि बदनाम होस् भन्ने सोच्ने प्रवृत्ति छ। महरा र बाँस्कोटा प्रकरणमा पनि त्यति प्रवृत्ति देखा परेको हो। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…