सिद्वार्थकाे रजत जयन्तीमा पूर्वेलीकर्मी दाहाल सम्मानित


इटहरी / माेरङकाे सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलकाे शैक्षिक प्रदर्शनी तथा रजत जयन्ती समाराेहकाे महत्त्वपूर्ण अवसरमा सक्रिय रुपमा कार्यरत सञ्चारकर्मी मणिराम दाहाल सम्मानित भएका छन् ।

समाराेहका प्रमुख अतिथि एवम् नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेकाे बाहुलीबाट सञ्चारकर्मी दाहाललाई ढाकाटाेपीका साथमा दाेसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरिएको थियाे । पूर्व क्षेत्रमा रहेर लामाे समय देखि निपष्क्ष रुपमा कलम चलाउँदै पत्रकारिताकाे माध्यमबाट समाजलाई सुसुचित गर्ने अत्यन्त महत्त्वपूर्ण कार्य गरेकाे भनी उनलाई रजत जन्यती समाराेहकाे अवसरमा सम्मानित गरिएकाे हाे ।

सञ्चारकर्मी दाहाल पूर्वेली न्यूज अनलाइनका समाचार संयाेजक समेत हुन । विगत एक दशक देखि विभिन्न किसिमका सञ्चारमाध्यम हरुमा कार्यतर रहि कुशल अनुभव समेत बटुलेका सञ्चारकर्मी दाहाल आर्थिक, शैक्षिक तथा समसामयिक विषय वस्तुकाे बारेमा कलम चलाउँन रुचाउँछन । सच्चारकर्मी दाहालकाे पत्रकारिता बाहेक अरु कुनै पेशा नभएकाेले उनी विशुद्ध व्यवसायिक पत्रकारकाे रुपमा समेत परिचित छन् । गीत संगित तथा साहित्यमा समेत कलम चलाउँने दाहाल बहुमुखी प्रतिभाका धनी समेत छन् । दाहालले व्यवसायिक पत्रकारितालाई अगालेर अति समान्य अवस्थाबाट परिचित बन्दै अघि बढेकोले उनकाे संघर्ष तथा मेहनत पछिकाे सफलता अहिलेकाे नयाँ यूवा पुस्ताकाे लागि लाेभ लाग्दाे प्रेरणा समेत बन्ने गरेकाे स्थानीयहरु बताउँछन ।

सिद्वार्थ सेकेण्डरी स्कुलकाे शैक्षिक प्रदर्शनी तथा रजत जयन्ती समारोहकाे अवसरमा सक्रिय सञ्चारकर्मी भक्तसेर लिम्बूलाई समेत सम्मानित गरिएको थियाे । समारोहमा समाजमा रहेर शिक्षाका साथै अन्य महत्त्वपूर्ण विषयबस्तुमा याेगदान पु- याउँने केही व्याक्तित्वहरुलाई समेत सम्मानित गरियाे । विभिन्न चरणका कार्यक्रमपार गर्दै सिद्वार्थले रजत जयन्ती सम्पन्न गरेकाे तथा “उत्पेरणाकाे लागि शिक्षा ” भन्ने नाराका साथमा अघि बढेर गुणस्तरीय तथा व्यवहारिक शिक्षा विद्यालयले प्रदान गर्न सफल भएको प्याब्सन माेरङ जिल्ला अध्यक्ष तथा सिद्वार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…