गीत ‘छाडी गयाै फेरि तिमीले . . .’

छाडी गयाै फेरि तिमीले आफ्नै छाँयालाई
विछाेडमा भुल्न गा- हाे चाेखाे मायालाई

हतारमा फूल्छ फूल झरी जान्छ फेरि
अतीत सम्झी रुनु पर्ने बाध्यतामा परि

संर्घषकाे मैदानमा एक्लै जिउँने गर्दा
बाँच्न काँहा सकिन्छ र भागमा बीस पर्दा ?

सँगै सँगै हिड्ने मान्छे दुई किनारा हुँदा
कसले देख्ने एकान्तमा आफैसँग रुदा

साेचे जस्ताे चाहे जस्तो हुन्न रैछ याहाँ
कहिले मिलन कहिले विछाेड जानू पर्छ काहाँ

उजाड लाग्याे आफ्नै जीवन झरेको पात सरि
कल्पनामा बाँच्नु पर्ने दाेधारमा परि

कस्ले सक्छ पीडा बाेकी बाहिर हाँस्नलाई
सारै गा-हाे जीन्दगीमा एक्लै बाँच्नलाई

छाडी गयाै फेरि तिमीले आफ्नै छाँयालाई
विछाेडमा भुल्न गा- हाे चाेखाे मायालाई…।

तपाईको प्रतिक्रिया

Loading…