अष्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार

सिड्नी / अष्ट्रेलियाको व्रिजवेनमा एक जना २० वर्षिया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । उनीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो ।

व्रिजवेनको एक कलेजमा डिप्लोमा आईटी अध्ययनरत ती युवतीलाई कम्मर र फिला वरपर छुरा प्रहार गरिएको बताइएको छ । घाइते भएकी ती युवतीलाई प्रहरीको रहोवरमा व्रिजवेन ओमन अस्पताल पुर्याइएको थियो । छुरा प्रहारबाट घाइते भएकी उनको घाउमा सातवटा टाका लगाईएको बताइएको छ ।

उनी मानसिक रुपमा अत्यन्त डराएको र उनको उपचारपछि घर गएको बताइएको छ । उनकाे घर धरान भएको र अन्य कुरा गोप्य राखिएको बताइएको छ । उक्त घटनाबारे प्रहरीकाे अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया

Loading…