आजको राशिफल / वि.सं. २०७६ पौष २७ गते आइतबार

वि.सं. २०७६ पौष २७ गते आइतबार तदनुसार ई. सं. २०२० जनवरी १२ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४०, (पोहेलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०५ बजे र सूर्यास्त : साँझ ०५:३० बजे

माघ कृष्णपक्षको द्वितीया तिथि, बेलुका १०:१० बजेसम्म, त्यसपछि तृतीया तिथि, पुष्य (तिष्य) नक्षत्र, दिउँसो ०१:५० बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो ०१:०० बजेसम्म, त्यसपछि प्रीति योग, तैतिल करण, बेलुका १०:१० बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : श्री ५ पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, आजको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : २९ गते : मङ्गल चौथी व्रत, काशी, वाराणसी, भारतमा बडा गणेश उत्सव, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), ०१ गते : माघ संक्रान्ति, माघी पर्व, उत्तरायण प्रारम्भ, बराहक्षेत्र, शंखमूल, देवघाट आदि तीर्थहरूमा मकर स्नान, रुरु रिडीमा तीन दिने मेला, मकर स्नान प्रारम्भ, नेवारी पर्व घ्युचाकु सल्हु, छन्त्याल पर्व, तेह्रथुममा गैखुरी मेला, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दीक्षाग्रहण,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बलिराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ पितृभ्यो नमः÷ॐ भूतानां पतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः÷ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

तपाईको प्रतिक्रिया