रितिकले गरे ६० बर्षिय बृद्धको उद्धार (तस्विरहरू सहित)

बिराटनगर / पैसाको अभावले उपचार गराउन नसकेका बिराटनगर—५ शंकरबारीका स्यामलाल सतारलाई एक युवाले उद्धार गरेको छ । न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टका छोरा रितिक विष्टले स्यामलालको घर पुगेरै उद्धार गर्नुभएको छ । पैसाको अभावमा उचित उपचार गराउन नसकेका बिरामी सतारको मस्तिष्क भित्र रक्त नली फुटेको थियो ।

उच्च रक्तचापका बिरामी रहेका सतार विगत ३ बर्ष देखि औषधि सेवन गर्दै आएका थिए , तर पछिल्लो एक महिना यता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो । बिरामी सतारकी श्रीमति सुशिला सतारले , बिराटनगर कै केहि अस्पतालमा प्रारम्भिक उपचार गराए पनि पैसाको अभावले उपचार नगराएर घर फर्किएको बताइन् ।

दुई छाक टार्दै आएको सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० बर्षिय स्यामलालको अवस्था निकै पीडादायी थियो । अन्ततः उनिहरुको समस्या थाहा पाउना साथ न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार बिष्टका छोरा रितिक विष्टले स्यामलाललाई न्यूरो हस्पिटल ल्याई निःशुल्क उपचार सुरु भएको बताउनुभयो ।

अहिले न्यूरो हस्पिटलको न्यूरो कृटिकल केयर युनिटमा उपचार भइरहेको छ । यता रितिकले भन्नुभयो , गरिविकै कारण कसैको उपचार नहुनुमा दुःख व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा सरकार र यूवाहरुले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

आइतबार बिहान स्यामलाल गाईलाई हर्न गोठ गएका थिए । र सोहि स्थानमा ढलेको श्रीमति शुशीलाले बताइन् । तत्कालै उस्पताल लगे पनि पैसाको अभावले उपचार हुन सकेको थिएन । भक्कानिदै उनले भनिन , अलि अलि भएको पैसा पनि सक्यो , पैसा नभए पछि केहि उपाय नलागेर घरमै राख्नु पर्यो । पीडितकी श्रमती सतारले भनिन् , अन्त्यमा एक जना युवा रितिक बाबुले नै सबै खर्च बेहोरेर निःशुल्क उपचार गर्दिने हुनुभयो । रितिक अहिले काठमाण्डौं मेडिकल कलेजमा एम.बि.बि.एस अध्यनरत छन् ।

तपाईको प्रतिक्रिया