प्रधानमन्त्रीको निजी सचिवालयका सबैले दिए राजीनामा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले आइतबार राजीनामा बुझाएका हुन् । केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने ती सदस्यले बताए।

‘हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले एक-दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।’

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो। यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयमा रहेकालाई राजीनामा दिन भनेका थिए।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…