अस्पतालको भर्‍याङमा झुण्डिए अवस्थामा शव फेला

चितवन / चितवनको भरतपुर अस्पतालमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।

श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सुनार घाँटीमा रुमाल जस्तो सलको पासो लगाएकाे अवस्थामा गएराति करिब ८ बजे फेला परेको प्रहरीले बताएकाे छ । प्रहरीले घटनास्थलको मचुल्का उठाई अनुसन्धान सुरु गरेको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…